भारवाहन, कुल्ली ,रिक्सा ठेला मजदुरलाई राहत
Advertise Here Book Now

संजय विश्वकर्मा लहान २५ , बैशाख । बिपन्न परिवारको चुल्हो बाल्न आज फेरी महेश चौधरी र संगिता कर्माचार्यको जोडी द्धारा राहत बितरण भएको छ । एपोलो ऊँ ईङ्गलिस बोडिङ्ग स्कुल , जय सिंह , रामदयाल साह , गुप्ता पेट्रोल पम्प धनगडी , जितन यादव र ललिता यादवको बिशेष सहयोग र पहलमा आज राहत बितरण गरीएको हो । लहान नगरपालिका वडा नम्बर ५,६ र ८ का ६० जना भारवाहन , कुल्ली र रिक्सा ठेला मजदुरलाई राहत समग्री दिईएको उनिहरुले बताए । प्रति परिवार १० किलो चामल , १ पाकेट तेल , १ किलो नुन दिईएको हो । चर्को घाम पानीको ख्याल नगरी बिहान देखी बेलुका सम्म गरिब बिपन्नको राहत दिन चामल, तरकारी , नुन तेल संङ्कलन, खरिद र बितरणमा दिनहु यिनिहरु समय खर्च गरिरहेको छ । मानव भएर बिपत्तमा परेका मानवहरुलाई सेवा गर्नुपर्छ मुख्य उदेश्यका साथ दैनिक रुपमा यि जोडी राहत वितरणका लागी बिपन्न समुदायमा निस्किने गर्दछ । राहत पाएपछी मजदुरहरु हर्षित भएको थियो । यसैबिच हिजो शुक्रवार यि जोडीले लहान नगरपालिका वडा नम्बर ७ , ८ का १०५ बिपन्न परिवारलाई राहत बितरण गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्