कमिशन एजेन्ट राख्ने मन्त्री सोनलको राजिनामाको माग,
Advertise Here Book Now

लहान, २१ जेठ - प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एजेन्टमार्फत नै सिरहाको कामकाज गराउँन खोजे पछि भ्रष्टाचारी रोक्न लहानका युवा किसानहरु आज मन्त्रीको विरोधमा प्रर्दशन गरेको छ । युवा किसानहरुले ‘कमिशन एजेन्ट राख्न पाइदैन, मन्त्री जितेन्द्र सोनल राजिनामा गर’ ‘किसानको माग पूरा गर, सिँचाई रोक्न पाइदैन्’ ‘बालविवाह गराउँने राज्यमन्त्री सुरेश मण्डललाई कारवाही गर ’ ‘सिँचाई विकास सबैको सरोकार, हाम्रो किसानको माग पूरा गर’ जस्ता प्लेकार्ड बोकेर लहानमा प्रदर्शन गरेको छ । लहान १९ का किसानहरुले चार दिन अगाडि पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा आवश्यक फाईलसहित निवेदन दर्ता गराएको थियो । आवश्यक फाईल बमोजिम कामकाज गर्न सम्झौता तयार भइरहेको अवस्थामा कमिशनको संकेत नदेखेपछि डिभिजन कार्यालयका हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले ‘प्रदेश २ बाट मन्त्रालयको फोन आयो सम्झौता गर्न सक्दीन ।’ ‘मेरो जागिरको सवाल छ’ ‘यो काम गरियो भने मलाई सरुवा गरिदिन्छ’ भन्दै ‘तपाईहरु मन्त्रीको एजेन्टमार्फत आउँनुस् ।’ भनेका थिए , यता, कामको सम्झौता रोकेको भन्दै राष्ट्रिय जनता पार्टीका एक नेताले मन्त्री सोनललाई काम गराइदिन आग्रह गरेका थिए । फोनमै मन्त्री सोनलले ‘मेरो मान्छेलाई सम्पर्क गरेर आफै मिलाउँनुस् ।’ भन्दै मन्त्री सोनलले फोन काटेका थिए ।
सिँचाईको लागि आएको बोडिँग किसानले कमिशन तिरेर जडान गर्नुपर्ने स्थिति आएपछि युवा किसानहरुले डिभिजन कार्यालयमा तालाबन्दी गरेका थिए । मन्त्री सोनलकै आदेशमा दूई दिनपछि जेठ २० गते त्यस कार्यालयका कर्मचारीले ताला फोडेर काम गर्न थालेका थिए । त्यसै बखत युवा किसानहरुले आफ्नो काम पनि अगाडि बढाउँन आग्रह गर्दा हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले मन्त्रीको एजेन्टमार्फत आउँनु भएका थिए । कमिशन विनाको सम्झौता नगरेको भन्दै यस कार्यमा संलग्न रहेका प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र मन्त्री सोनलविरुद्ध युवा किसानहरुले आज लहानमा प्रदर्शन गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले गत बर्ष आफ्नै खर्च दिएर कल्याणपुर ३ प्रसाहीका कुशे मल्लिककी

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्