लकडाउनबाट प्रभावित गर्भवती महिलालाई समाज सेबि महेश र संगीताले दियो राहत
Advertise Here Book Now

महेश सिंह सिरहा २ असार । सिरहाको लहान नगर पालिका वडा नम्बर १५ ढोढनामा दलित गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ। लकडाउन बाट प्रभावित गरिब , बिपन्न परिवारले रोजगारी गुमाएको गर्भवती महिला हरुलाई समाज सेबि महेश चौधरी र संगिता कर्माचार्यको जोडीले गरिब, दलित, असाहाई गर्भवती,महिलाहरुबाट कुपोसित बच्चा नजन्मियोस भन्ने उदेश्यले पौस्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खाने कुरा लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको छन् ।
गर्बबती महिलाहरुलाई लकडाउन को समय मा श्रीमानले काम नपाएकोले गर्बबती महिलालाई पोस्टिक खाना न खाएकै कारण बच्चा जन्मिदा कुपोषण भएर बच्चा नजन्मियोस भने अभिप्राईले पौस्टिक आहार वितरण गरेको छ् । लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी र समाज सेबि राम कुमारी दास की रोहवरमा लहान १५ ढोढनाका १७ गर्बबती महिलालाई राहतमा पौस्टिक आहार वितरण गरेका छ्न । राहतमा प्रति गर्भवती १० किलो चमाल, १किलो दाल,१ किलो चना, १ किलो मटर,१ पोका खाने तेल,१ प्याकेट नून,१ किलो स्याउ,१केजी अंगूर ,१ केजी अनार , ६ पिस पाकेको केरा लगायतका खाध्नका सम्मानहरु वितरण गरेका छन्। नेपाली काङ्रगेसका महासमिति सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्यको जोडीले बिगत तिन महिना देखि निरन्तर राहत बितरण गर्दै आएका हुन्। उक्त वडामा छैठाें पल्टल राहत दिन पुगेका चौधरी र कर्माचार्यलाई वडा अध्यक्ष तेज नारायण चौधरी र समाज सेबि राम कुमारी दास गम्छा ओढाएर अभियान्ता जोडीलाई सम्मान गरेका थिए। राहत सहयोगमा गुप्ता ग्रुप लहान र सिरहा एजुकेशनल एकेडमी लहान ,एपोलो ॐ बोर्डिङ स्कुलले सहयोग गरेका छ्न।गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, हेरचाहरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जुन कुराले गर्दा पछि आमा र बच्चाको स्वास्थ्यमा समस्या नआउन सक्छ । खानापान स्वास्थ्य परिक्षणदेखि गर्भावस्थामा आइपर्ने जोखिमको बारेमा पनि बुझ्नु पर्ने गर्भवती महिला तथा परिवारले ध्यान दिनुपर्ने नितान्त जरुरी देखिन्छ ।
गर्भवती महिलासँगै श्रीमान र परिवारका अन्य सदस्यहरुले यो समयमा निकै ध्यान दिनुपर्ने हुन्छ । गर्भवती महिलाले ध्यानदिनुपर्ने पहिलो कुरा भनेको गर्भवती हुन रोग होइन । बच्चा जन्माउने भनेको खुसीले जन्माउने हो । बच्चा जन्माउनको लागि गर्भ रहनुभन्दा पहिलादेखि नै महिला स्वास्थ हुनुपर्छ । जसले गर्दा त्यो महिलाले जन्माउने बच्चा पनि स्वास्थ हुन्छ ।
दोस्रो कुरा गर्भवती भएपछि स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ । गर्भवती महिलाले चिकित्सकले भनेअनुसार स्वास्थ्य परिक्षणहरु गर्नुपर्छ । खतराको संकेतको बारेमा गर्भवती महिलाले थाहा पाउनुपर्छ ।
गर्भवती महिलाले समस्या परेको बेलामा कुन अस्पताल जाने, कसलाई साथी लाने भन्ने कुराको बारेमा पनि ख्याल परिवारले राखनु पर्छ । रकमको पनि जोहो गर्नुपर्ने हुन्छ । कारण सरकारी अस्पतालले निःशुल्क सेवा दिएपनि, गर्भवती गराउँदा हामीले २ हजार रुपैयाँ दिएर पठाउँछौँ । उसको अन्य खर्चहरु पनि हुन्छ । बाटो खर्च, खाना खर्च गर्भवती महिलाले पनि खानु पर्यो । जहिले पनि स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण र सुत्केरी गराउनुपर्छ ।
गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा बिहान उठ्नेबित्तिकै आफ्नो सरसफाइ गर्ने । अन्य समय भन्दा गर्भवती हुँदाको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । अन्य समयको भन्दा धेरै पोषिलो, झोलयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।
गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्की र क्याल्सियम पनि खानुपर्ने हुन्छ । साथै गर्भवती महिलाले अन्य समयमा भन्दा अलि बढी निदाउनुपर्ने हुन्छ । सकेसम्म रातमा आठ घन्टा र दिनमा दुई घन्टा निदाउनुपर्ने हुन्छ । सकारात्मक कुरा सोच्ने, धुम्रपान, मद्यपान सेवन गर्नुहुन्न । यो बेलामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि खानुहुँदैन । साथै शारीरिक तथा मानसिक रुपमा गाह्रो हुने खालको काम नगर्ने । गाह्रो काम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले यस्ता कुरामा गर्भवती महिला र परिवारले पनि ख्याल गर्नुपर्ने हुन्छ । सँगै बच्चालाई कसरी हुर्काउने, कसरी खोप लगाउने भन्ने बारेमा गर्भवती भएकै बेलामा जानकारी लिनु र जानकारी दिनुुपर्ने समाज सेबि महेश्वरी चौधरीले बताउ नु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्