आदालतबाट मुद्धा जितेपनीे आफु गा.पा.बाट सुचना नपाएको भन्दै पत्रकार सम्मेलन गरे
Advertise Here Book Now

महेश सिंह लहान २३, जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भैरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेको छ । आ.ब. २०७५ ÷०७६ र २०७६ ÷ ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा नम्बर– २ बस्ने बलराम यादबको आरोप रहेको छ । गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट २०७५ ÷ ०७६ मा संचालित योजनाहरु ः गाउँपालिका र तिनकोनी चौकमा भएको सडक कालोपत्रेमा भएको खर्च , सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च , तिनकोनी चौकमा बनाईएको सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत एस्टिमेट आज सम्म गाउँपालिकाले सार्बजनिकिकरण नगरेको उनको आरोप रहेको छ । गाउँपालिकाले बिकास निर्माणको कुनै पनी काम गर्दा सार्बजनिक सुचना बोर्ड नराख्ने गरेको भन्दै उपभोत्ता समिती र ठेकेदार मार्फत भएका बिभिन्न योजनाको काम काजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए । उनले भने – मैले खर्च बिबरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने भनेर तँ सुचना माग्ने को होस भन्नेर पठाईदिए , तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर मलाई पठाई दिए । ’ सुचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग– ३ को धारा २७ र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनी गाउँपालिकाले निबेदन दर्ता पनी नगरेको उनले बताए । उनले भने त्यसपछी मैले पुर्वाधार विकास कार्यालय सिरहा मा मिति २०७६ । ०७।०८ गते गते निबेदन दर्ता गराए । पत्रकार सम्मेलनमा यादबले भने साथी उतिमलाल यादब र म सुचना माग गर्न राष्ट्रिय सुचना आयोग बानेश्वर देखी , उच्च आदालत जनकपुर राजबिराज सम्म पुगे । आदालतबाट हामी सुचना पाउन मुद्दा पनी जितेको छु , गाउँपालिकामा आदालतबाट सुचना दिन आदेश आईसकेको छ , तर गाउँपालिकाले सुचना दिन हाल सम्म कुनै बास्ता नगरेको उनको आरोप रहेको छ ।’ गाउँपालिकामा भैरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरीकको हैसियतले सुचना मागेको थिए गाउँपालिकाले आदालत बाट भएको फैसलाको पनी बेबास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्