लहानमा पनि मनायो गिरिजा जयन्ती
Advertise Here Book Now

महेश सिंह सिरहा १९ असार । नेपाल सरकारको पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति सिरहाको लहानमा मनाएको छ l सिरहाको लहान स्थित रहेको लहान अस्पताल र फ्रेन्डस मोडेल अस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफूल बाटेर गिरिजा जयन्ती मनाएको हो। बि.स. १९८१ मा स्व कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा छोराका रुपमा जन्मिएका कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेर गिरिजाप्रसाद कोइरालाले १० वर्षे जनयुद्धमा रहेको तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर ५ पटक सम्म प्रधानमन्त्री बनेका कोइरालाले माओवादीलाई हिंसाको राजनीति अन्त्य गरी शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माणका लागि काम गर्दा गर्दै उनको २०६६ साल चैत्र ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । जि.पी.कोइराला फाउन्डेसनको अध्यक्ष संजिप उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।अस्पताल भित्र भर्ना रहेका ३८ जना बिरामीहरुलाई ,फलफूल वितरण गरेका छन्।कार्यक्रम को प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ को क्षेत्री सभापति अछ्मित लाल चौधरी रहनु भएको थियो ,भने बिशिस्ट अतिथि प्रदेश नम्बर २ ( क ) को प्रदेश संयोजक सन्तोष उपाद्य्याय , सिरहा क्षेत्र नम्बर १ ,क ,को प्रदेश सभा सदस्यको प्रत्यासी संतोष चौधरी ,नेपाली काङ्ग्रेसको महासमिति सदस्य राम गणेश दास , ने.बि संघको जिल्ला सभापति सितल प्रसाद चौधरी युवा नेता पपु यादव ,संजय यादव , मुकेश महतो ,राम कृष्ण यादव ,सुदिप महतो ,पना लाल दास लगायतका दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो ।
आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिमा बिताएका कोइरालाको राजनैतीक जीवनको सुरुवात भने आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रुपबाट सुरु भएको चर्चा गरिएको थियो । २००४ सालमा कोइरालाले स्थापना गरेको नेपाल मजदुर काँग्रेसपछि नेपाल ट्रेड यूनियन काँग्रेसको रुपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहनु भएको थियो । निर्वासित जीवन बिताइरहेका कोइराला २०३५ सालमा नेपाल फर्किए । पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गराउनु भएको थिए।२०४६ सालको जनआन्दोलनमा कोइराला सक्रिय रुपमा सहभागी भएका थिए । २०६२/०६३ को दोश्रो जनआन्दोलनमा सात दलका नेताहरुको नेतृत्व गर्दै जनान्दोलन सफल भए पछि प्रतिनिधि सभा पुनर्बहाली भएका हुन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्