जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगितामा मोहनपुर बिजयी
Advertise Here Book Now

शुभ नारायण यादव -
सप्तरी, ४ पुस ।
सप्तरीको तेरहौतास्थित उच्च माविको खेलमैदानमा सञ्चालित जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न खेलमा राजाजी नवयुवा फुटबल टीम मोहनपुर बिजयी भएको छ । प्रोग्रेसीब युवा क्लब ओद्राहालाई शुन्यका बिरुद्ध १ गोलले पराजित गर्दै मोहनपुर बिजयी भएको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हाफको २५ औ मिनेटमा मोहनपुर टीमका जिबेन्द्र चौधरीले गोल गरेका थिए ।प्रतियोगिता अन्तर्गत शुक्रवार क्रिएटिभ युवा फुटबल क्लब तेरहौता र त्रियुगा स्पार्टस क्लब फत्तेपुर बीच हुने प्रशिक्षक रमेश श्रेष्ठले बताउनुभयो । पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला भरीका १२ क्लबको सहभागिता रहेको जिल्ला फुटबल संघका राजकुमार परियारले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्