झापा, मोरड र सुनसरीमा जिल्ला स्तरीय संघर्ष समिती गठन हुदै
Advertise Here Book Now
पुर्ववाट प्रतिनिधित्व गर्ने मधेशी पार्टीहरुको नेताको अगुवामा सुरु गरिएको झापा, मोरड र सुनसरी केन्द्रित संघर्ष कार्यक्रम अन्र्तगत जिल्ला स्तरमा समेत समितीहरु गठन हुन थालिएको छ । गएको आईतवार मात्रै विराटनगरमा भेला गरेर सबै मधेशी पार्टीहरुको त्यस क्षेत्रवाट प्रतिनिधित्व हुने गरी बनाईएको संघर्ष समितीले विहिवार सुनसरीमा र शुक्रवार झापामा जिल्ला स्तरीय समितीहरु निर्माण गरेका छन ।
विहिवार सुनसरीमा सर्वपक्षिय भेला गरेर फोरम नेपालका जिल्ला अध्यक्ष भगीरग खत्वेको संयोजकत्वमा जिल्ला स्तरीय संघर्ष समिती बनाइएको थियो भने शुक्रवार झापामा आयोजना गरिएको सर्वपक्षिय भेला झापा जिल्ला स्तरीय समिती बनाएको छ । सर्वपक्षिय भेलाले झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी विभिन्न स्तरमा दबाब मुलुक कार्यक्रमहरु गर्ने छन । झापामा शुक्रवार आयोजना गरिएको सर्वपक्षिय भेलाले यो अभियानमा ती जिल्लाहरुमा काग्रेस एमाले भित्र रहेका मधेशी नेताहरुलाई समेत यस अभियानमा सहभागी गराउने निर्णय गरेको यो अभियानका अगुवा तथा सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले बताए ।
यो अभियानमा मेहता संगै सवै मधेशी पार्टीहरुमा पुर्व क्षेत्रवाट प्रतिनिधित्व गर्ने नेताहरु सक्रिय छन । आज झापामा आयोजना गरिएको सर्वपक्षिय भेलामा मेहता संगै फोरम नेपालका वरिष्ठ केन्द्रिय सदस्य संजय सिंहले समेत यो अभियानको वारेमा वोलेका थिए ।
सुनसरी र झापामा गठन भईसकेको जिल्ला स्तरीय संघर्ष समितीहरुमा मातृका यादव र जेपी गुप्ताको प्रतिनिधिहरु समेत सहभागी छन । मोरडमा पनि एक दुई दिन भित्रै यो जिल्ला स्तरीय समिती गठन हुदै छ ।
काग्रेस एमालेले पुर्वका झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमा नभई पहाड तिर गाभ्ने गरी संघियताको खाका ल्याए पछि यो अभियान थालिएको हो ।
स्रोत dalannepal.com