सिरहामा लागुऔषाध सहित दुई युवक पक्राउ
Advertise Here Book Now

सिरहा प्रहरीले लागुऔषध सहित २ जना युबकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले दिएको जानकारी अनुसार बिहीबार राती करीब १० बजेको समयमा मिर्चैया नगरपालिका ५ स्थित मिर्चैया कल्याणपुर सडक खण्डमा चेकजाँचको क्रममा लागुऔषध सहित दुवै युबकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ३ बस्ने देब नारायण यादबका २२ बर्र्षीय छोरा मिथलेश यादब र जनकपुर ११ बस्ने जागेश्बर लाल दासका ३८ बर्षीय छोरा संतोष कर्ण रहेको प्रहरी निरिक्षक खतीवडाले बताए । स ४ प ५१६ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेको अवस्थामा गस्तिमा रहेका प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा मिथलेशको साथबाट लागु औषध नाइट्रोसन ट्याबलेट १९ थान र संतोषको साथबाट १ सय एमएलको एक बोतल कोरेक्स त्यस्तै मोटरसाइकलको तेल टयांकीको सेप्mटी भित्र लुकाएर राखेकोे १ सय एमएलको ५ बोतल कोरेक्स बरामद भएको निरीक्षक खतिवडाले बताए । पक्राउ परेका दुवै जनालाई म्याद गरि कानुनी प्रक्रिया अगाडी बढाईएको निरिक्षक खतिबडाले जानकारी दिए ।