कलियुगका ‘कालीदास’जीलाई खुल्ला पत्र
Advertise Here Book Now

rahul-yadavखेमनारायण यादव (राहुल)
कालीदास जी !
पुषको चिसो÷जाडोमा न्यानो अभिवादन,
मेरो त्यो दिनको खराब राशीको कारण हो कि त्यो दिन त्यस्तै हुन लेखेर हो ! मिति २०७१ पुस ७ गतेको बरुवा टाइम्स दैनिकमा प्रकाशित तपाईको उच्च विचार पढने मौका मैले पाएँ । तपाईको लेखहरु प्राय यसै दैनिकमा आईराख्ने कुरा पछि मात्र थाहाँ पाएँ । अब तपाई स्थानीय वामपन्थी बुद्धिजीवी पनि हुनुहुदो रहेछ । त्यसैले स्थानीय कम्युनिष्ट नेताको विचार मलाई पनि अगाडि पढने इच्छा पलाएर आयो र पढेँ पनि । तपाईको विचार पढे पछि तपाईको “कालीदास” नाम अनुसारको काम देखेर एकछिन रमाईलो लाग्यो तर फेरी यो दैनिक धेरैले पढ्ने भएर नराम्रो सन्देश गयो भन्ने लागेर केहि रिस पनि उठ्यो । रिस यो मानेमा कि तपाईले प्राचिन कालको कालीदास जस्तै आफु बसेको रुखको हाँगा आफै काट्दै गरेको देखेर हो ।
भनिन्छ परम्परागत रुढीवादी तथा जड सुत्रधारीहरु कहिल्यै अर्काको भलो चाहाँदैनन् । उसले आफ्नो वरीपरी मात्रै दुनिया देखिरहेको हुन्छ । उसले कहिल्यै ज्ञानरुपी झ्याल बाट अन्यन्त्र चिहाएर हेर्ने साहस गर्दैन । अनि त्यस्तो मान्छे आफ्नो गाउँघरमा राम्रो शन्देश दिन सक्दैन भने के देश र जनता को पक्षमा वकालत गर्र्दो हो ? त्यस्तो व्यक्ती नयाँ परिवर्तन चाहदैन रहेछ । आपूm वाहेक अरुको प्रगति र विकास नरुचाउनु तपाई जस्ता रुढीवादी र जडसुत्रवादी स्थानीय नेताहरुको प्रवृत्ति नै हो । त्यसैको दुर्गन्ध तपाईले पोख्नुभएको विचारमा स्पष्ट पाइन्छ । फेरी त्यसमा पनि तपाई त प्रतिगामी पन्चे न पर्नु भो ! पन्चेको खोल ओढेको मान्छेले जबरजस्ती कम्युनिष्टको खोल ओड्दैमा कहाँ सच्चा कम्युनिष्ट हुन सकिन्थ्यो र, होइन ? तपाई जस्तै आगन्तुक कम्युनिष्ट नेताहरुले गर्दा सच्चा कम्युनिष्ट हरुले शीर निहुराएर हिड्नु परेको छ पार्टीमा, यो कुरा लुकाएर लुक्ने हो र ?
कम्युनिष्ट भनेको के हो ? यो कस्तो पार्टी हो ? यसले कसको वकालत गर्छ ? यसको अन्तिम लक्ष्य के हो ? भन्ने विस्तृत र स्पष्ट रुपमा नवुझी अन्दाजमा विचार व्यक्त गर्दा आपूm त पतित भइयो तर त्यसले पार्टीलाई समेत धर्मसंकटमा पार्छ भन्ने कुरा विर्सनु भयो कि स्थानीय नेता ज्यू ! विश्व राजनीतिक शैली, व्यवस्था र व्यावहारले मानव जीवनमा ल्याएको परिवर्तन र सुधारलाई हेरेर पनि आजको नेपाली जनताहरुको माग, इच्छा, चाहाना र आवश्यकतालाई सम्बोधन गर्दै दुरदर्शी तथा दुरगामी संविधान समयमै निर्माण गर्नका लागि सहमती जुटाउन शीर्ष नेताहरुलाई सल्लाह, सुझाव र दवाव दिनु पर्ने वेलामा तपाईको लेखमा शुशिल जी तपाईको अडान राम्रो छ, सरकारको यतिको सामर्थन हुनु पर्छ, प्रचण्डसंग मुक्काविला गर्न सक्ने केपी मात्र हो, मुक्काविला गर्न नछोड्नुहोस् केपी जी जस्ता उरन्ठेउले शब्द तथा वाक्य बनाउनु बाँदरलाई लिस्नु हाल्नु जस्तै हो । तपाईको यस महान विचार भलै उनिहरुले नपढेपनि स्थानीय स्तरमा कार्यरत कार्यकर्तालाई राजनीतिक सहमतीतिर नेताहरुलाई अभिमुख गराउनु होइन, विमुख गराउनु पर्दछ भन्ने शन्देश दिन खोजेको प्रष्ट छ । यसबाट के आँकलन गर्न सकिन्छ भने एमाले तपाई जस्ता व्यक्तीहरुकै कारण, तपाई जस्तो विचारहरुकै कारण यथास्थितीमा रहन चाहेको हो, ढुलमुले पार्टिको संज्ञा पाएको पार्टि हो, अझ भनौ न मधेशी विरोधी पार्टिको रुपमा चिनिएको हो । उदयपुरमा अझ भनौ न तपाईको पार्टिमा मधेशीको नामोनिशान सम्म छैन् ।
अब एकछिन मन्थन गरौ न । कम्युनिष्ट पार्टीले जातीय उत्पीडनबिरुद्धको आन्दोलनमा उत्पीडितहरुको पक्ष लिनै पर्छ यो कुरामा त दुई मत नहोला नि ? तर कुनै कम्युनिष्ट पार्टी तमाम सवालहरु छाडेर जातीय आन्दोलनमा विघटित हुन सक्दैन । एउटा माक्र्सवादी, कम्युनिष्ट पार्टी महिला मुक्ति अन्दोलनको नेतृत्वकर्ता बन्न सक्छ तर महिलावादी संगठनमा सिमित हुनसक्दैन । दलित मुक्ति आन्दोलनको नेतृत्वकर्ता बन्न सक्छ तर दलित संगठनमा सिमित हुनसक्दैन । माक्र्सवादी आन्दोलनले समाजका तमाम उत्पीडनविरुद्धको आन्दोलनको मुक्तिदस्ताको भूमिका निर्वाह गर्नसक्छ, यसर्थ कि ती आन्दोलनहरु बैचारिकरुपमा दिग्भ्रमित नहोउन् र तिनलाई वर्गीय मुक्ति आन्दोलनको मुल सवालमा एकाकार बनाएर लैजान सकियोस् । कम्युनिष्ट पार्टीले नै हो, तमाम उत्पीडनविरुद्धको संघ्रर्षको नेतृत्व गर्ने । तर हामीकहाँको कम्युनिष्ट आन्दोलन नारा बेच्ने र पजेरो चढ्ने एमाले प्रबृतिको लम्पट झुण्डमा पतित भएको त स्पष्ट भएको छ नि ?
अनि आपैm भन्नुहुन्छ मधेसी, जनजाती र मावोवादीले संविधान बनाउन बाधा पु¥यायो । अनि तपाईको वायस गरेर लेखिएको आलेखमा , समयमै संविधान बन्थ्यो तर यिनीहरुले बन्न दिएन भनेर उल्लेख गर्नुहुन्छ । हो यहाँनिर छ कम्जोरी तपाईको । तपाई त त्यसैपनि जडसुत्रधारी, तपाईलाई मधेसी र जनजाति मान्छे त के यी शब्द पनि सुन्न मन लाग्दैन होला कि कसो राउत जि ? यी जातिहरुले तपाईको के विगारी दिएको छ ? तपाईको घर भत्काई दिएको छ कि ? तपाई हिड्ने बाटोमा खाल्टो खनीदिएको छ कि ? कि उनीहरुको हक र अधिकार संविधानमा लेखिदा तपाईको घरबारी—श्रीसम्पत्ति जान्छ ? उनीहरुको हक र अधिकार संविधानमा सुनिश्चत गर्नका लागी आवाज उठाउँदा तपाई जस्ता जडसुत्रवादीलाई किन डर लागिरहेको छ ?
तपाईलाई डरपनि नलागोस किन राउत जि । तपाईलाई अवश्य पनि डर छ कि भोली यी सिमान्तकृत समुदायहरु मूलधारमा आए भने हाम्रो दोधारे भुमिका सकिन्छ भनेर । अझ भनौ न तपाई र तपाई जस्ता व्यक्तीहरुका साथै तपाई रहने पार्टि पनि सकिएर जान्छ । जसको कुनै यो देशमा कुनै भुमिका रहनेछैन् । यो तपाई विचार गर्नुहोला । यो समयको खेल हो । समयले सवैकुराको लेखाजोखा गर्छ भन्ने तपाई जस्ता स्थानीय बुद्धिजीवी कहलाउँदालाई पनि थाहाँ होला ।
तपाईले आफनो आलेखमा भन्नुभएको छ कि , मधेसी नेताहरु भारतका दलाल तथा खेताला भएकाले जे गर्दा भन्दा नेपाल राष्ट्र समाप्त हुन्छ त्यहि गर्दै र भन्दै आएको छ । तर एउटा कुरा मन्थन र विचार गर्नुभएको छ तपाईले ? जब जब नेपालमा सरकार निर्माण गर्ने कुरा हुन्छ तब तब तपाईको पार्टिका वरिष्ठ भनाउँदा नेताहरु भारतको तलुवा चाट्न पुग्छन् सरकारमा जानका लागी । के माधव नेपाल नगएका हुन् र ? के ओली जी नगएका हुन र ? के झलनाथ जी नगएका हुन र ? अझ तपाईलाई जानकारी गराउनै पर्ने कुरा त के भने तपाईको पार्टिका यी वरिष्ठ नेताहरु निर्वाचन लड्दा समेत सहयोग माग्न त्यतातिर जानेगर्छन् । अझ माधवजी त बोर्डरमै बस्ने मान्छे । उहाँले त झन चुनावका लागी पारीबाटै साम, दाम, दण्ड भेद सवै प्रयोग गर्न पछि पर्दैनन् । अनि तपाई के आरोप लगाउन खोज्नुहुन्छ मधेसी नेतालाई ? आज सम्म तपाईका नेताहरुले भारतका नेता तथा कारिन्दाहरु सँग मधेसी नेतालाई हेलमेल गर्न दिएकाछन् र ? अँह कदापी दिएका छैनन् । मधेशी नेताहरु आफ्नो विचार लिएर नेपालमै आवाज उठाएर साँघुरिन बाँध्य भएकाछन् । तपाईका चम्चे नेताहरुको घृणित राजनितिका कारण उनिहरुलाई दुवै तर्फबाट हेला गरिएको छ । नेपाली काँग्रेसका नेताको त के कुरा गरौं, भन्नै लाज लागेर आउँछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने जातका हुन उनिहरु । नेपाली काँग्रेसको जग मधेशमा हुर्किएर आज नेतृत्वदायी पार्टिको रुपमा उभिएको छ तर नेपाली काँग्रेसमा रहेका त्यस्तै स्वार्थी र दुराचारी नेताहरुका कारण सिँगो पार्टिलाई मधेशी सवालको विरुद्धमा उभ्याएको छ । त्यसको परिणाम नेपाली काँग्रेसले आगामी दिनमा भोग्ने छ ।
तपाई र तपाई जस्ता विचार बोक्नेहरुलाई चेतावनी वा सल्लाह भनु मधेस बासी माथि यस्तै विभेदपूर्ण शब्दहरु व्यक्त हुँदै जाने हो भने अरु सीके राउतहरु जन्मन सक्छन् । सीके राउत ले स्वयत्त मधेश राज्यको माग गर्दा तपाईकै पार्टिका दलाली चाकरी गरेर खाने नेताहरुले देश द्रोही भनेर महिनौ थुनामा राख्यो । तर महान नेता स्व. मदन भण्डारीको अपुताली खाने तपाईले नेपाल विरोधी मधेसी भनी लेख्दा १७ प्रतिशत भूभागमा बस्ने ५२ प्रतिशत मधेसीको राष्ट्रियता माथिको संका र सामाजिक, जातिय तथा क्षेत्रीय सदभाव भड्काउने तपाईलाई राज्यले न्यायको कटघरामा उभ्याउनु पर्ने हो नि ।
तपाईहरु के मदिसे मदिसे भन्नु हुन्छ ? मधेशीले के गरेको छ र ? देश टुक्रयाउने र बेच्ने काम त तपाईकै क्षेत्री बाहुनका केहि नेताकै हातबाट भएको छ नि ? कोशी नदी र त्यसको छेउछाउको भूभाग कसले टुक्रयाएर भारत लाई दियो ? के त्यो पनि मधेसीले नै गरेको हो ? साँच्चै भन्नु पर्दा भारतको ठेकेदार र खेताला केही क्षेत्री बाहुन नेताहरु नै हुन् । सरकार बनाउने, सरकार अड्याउने र पार्टी टिकाउन, उपचारको नाममा राष्ट्रको सम्पत्ति खर्च गर्न बेलाबेलामा भारत छिर्ने र मोदी जस्ता नेताहरुको पाउँ परेर सत्ता माग्ने लाई के भन्ने ? के त्यो राष्ट्र वादी हो ? पक्कै यस्तो कार्य मधेशी नेताबाट भएको छैन, यसमा मलाई गर्व छ । बरु दुबै देशबाट मधेशीले नै मार खेप्नु परेको छ । पहाडमा बस्ने नेपालीहरुले हामीलाई ‘मदीसे भैया धोती’ भनेर हेयको दृष्टिले हेर्ने, त्यसैगरी भारतीयहरुले ‘देसिया’ भनेर हेप्ने अनि भन्नुस हामी कहाँको हो ? तपाईलाई थाहा छ अहिले पनि देशको यीनै विभेदकारी निति र कानुनका कारण मधेशका १४ लाख जनता नागरिकताबाट बञ्चित हुनु परेको छ । उनिहरु कहाँ जाने ? यदी यी जनताले आफनो सहन शक्ती भन्दा माथी गए भने के हाल हुन्छ नेपालको , अनुमान गर्न सक्नुहुन्छ तपाई ?
अरुण पूर्वका जिल्लाहरुमा बस्ने जनजातिहरु क्रिश्चियन भनेर जुन आरोप लगाइएको छ । यो पनि युक्ति संगत छैन । एक दुई जनजातिहरु धर्म परिवर्तन गरेर क्रिश्चियन हुदैमा सबै जनजातिहरु क्रिश्चियन भन्नु भनेको विल्कुल आरोप मात्रै हो । उनीहरुको आप्mनो धर्म संस्कृति झल्काउने किराँत धर्म छ । जुन धर्म मान्नेहरुले प्रकृतिको पूजा गर्छन् , उधौली उभौली मनाउँछन् । साकेला र चासोक्तङमा जस्ता चाडहरु मनाउँछन् । तिनीहरुलाई चाहि के भन्ने ? जबरजस्ती क्रिश्चियन भनेर क्रिश्चियन हुन बाध्य पार्ने ? प्रकृति पुजक जनजातिहरु आप्mनो हक अधिकार माग्दा धार्मिक आक्षेप लगाउन तपाईलाई लाज लाग्नु पर्ने हो । इतिहासको निश्चित समयमा निश्चित जातिमाथि उत्पीडन भएकै हो । निश्चित जातिले जातिकै आधारमा राज्यबाट निश्चित बिषयहरुमा अग्राधिकार, सुविधा, संरक्षण र सहुलियत पाएकै हो । इतिहासमा भएका कमजोरीहरुको बदला लिएर समस्या समाधान हुँदैन, त्यसले भीडन्तको अवस्था ल्याउँछ ।
जहाँसम्म जातिय संघीयताको कुरा छ । जब देश संघीयतामा जाने भइसके पछि जातिको पहिचान झल्किने गरी संघीयताको नाम राख्न किन त्यत्रो आपत्ति ? छिमेकी देश भारत मै पन्जाब, बंगाल, विहार, हरियाणा आदि जातिय प्रदेश तथा संघीय राज्यमा विभाजन हुदा भारत टुक्रिनु पर्ने हो नि तर खै त ? जाति, धर्म, संस्कृति को पहिचान हुने गरी नाम राख्दा आकाश नै खस्ने, धर्ती नै फाट्ने पनि होइन होला । पुरानो मान्छेको पुरानो विचार त्यतिकै भनिएको होइन रहेछ । जब देशलाई अग्रगामी परिवर्तन र दीर्घकालीन विकासका लागि नयाँ ब्यवस्था र शासकिय स्वरुपमा जादै छौँ भने नयाँ सोचका साथ विश्वका विकसित राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्न किन पछि हट्ने ? सबैलाई सबै बराबर बनाउने नीति नियम तर्जुमा गर्छ र हरेक नागरिकलाई कुनै पनि आधारमा आफु हेपिएको, थिचिएको या शोषणमा परेको अनुभूति गर्नु नपरोस् भन्ने प्रत्याभूति दिलाउँन किन पछि हट्ने । संविधानसभाले सर्बसम्मतिले पारित गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका आधारहरुबाट कसैले पनि पछि हट्न पाउँदैन । त्यो बुझिबुझि पनि अनेक तर्ककुर्तक गर्नु कमरेड केपी ओली शैलीको लोकप्रियता कमाउनु जत्तिकै हो जुन क्षणिक मात्रै हो ।
अर्कोतिर संघीयताबारे विगत एक दशकदेखि केन्द्रमा नेताहरुले जुंगाको लडाइ गरेपनि स्थानीय स्तरमा (तल्लो तहमा) जनतालाई कसैले पनि संघीयता भनेको के हो ? भनेर बुझाउने प्रयास गरेको छैन । नेपालको सन्दर्भमा संघीयताको बहस जातीय विभेदलाई मेटाएर जातीय समानता कायम गर्ने प्रसंगबाट उठान भएकाले पनि जातीय चश्माबाट हेर्ने अवस्था सिर्जना भएको पाइन्छ । त्यसकै शिकार तपाई पनि हुनु भयो क्यारे । यो देश कहिल्यै पनि देशको सरहदभित्र बसोवास गर्नेहरुको साझा फूलवारी बन्न सकेन,बन्न दिइएन । हाम्रो समाज सदियौंदेखि चरम जातीवादी थियो र छ । अझ अदालतले सजाय दिँदा निश्चित जातको भएकै कारण एउटै कथित अपराधमा कसैलाई मृत्युदण्ड, कसैलाई कारावास र कसैलाई माफी मिनाह गरेको उत्पीडनको तथ्यलाई हामी इतिहास भनेर खुरुखुरु घोकि बसेकै छौँ । जात थप्ने र झिक्ने खेलमा सत्तासीनहरुले शासकीय तागतको भरपुर दुरुपयोग गरेको सत्य भुलेर आज जसरी मुर्दा एकता र मुर्दा सामाजिक सद्भावको कुरा गरिएको छ, यस्ता योजनाबद्ध शान्ति चिन्ताको अन्तर्य पनि शोषणको ऐतिहासिक चेतनाबाटै प्रकट भएका छन् ।
तर पछिल्लो दिनमा जातीय उत्पीडनको मुद्धा जातिवादको स्वरुपमा बदलिन थालेको संकेत दिएको छ । जातीय उत्पीडनबिरुद्धको आन्दोलन पहिचानको हकदावीको आन्दोलन हो । तर यो आन्दोलन वर्गीय आन्दोलनको मर्मबाट स्खलित भएर एकल जातीय पहिचान र बाँकी जातजातिमाथि तल्लो स्तरको आरोप प्रत्यारोपमा उत्रन थालेको छ, यसमा पहिचानको आन्दोलनमा रहेकाहरु नै अरु भन्दा बढी सचेत र चिन्तनशील हुनु जरुरी देखिन्छ । तपाई जस्ता कुविचारहरुलेनै जातिहरुबीच द्धन्द बढाउने नियत राखेको देखिन्छ । तर बेलैमा तपाई जस्ता महान विचारकको बुद्धि मापन गर्ने अवसर प्राप्त गरे यसको लागी सवैलाई धन्यवाद , अहिले लाई यतिनै सुझाव , बाँकी कुरा फेरी पनि गरौला……..।
जय मधेश…………….।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्