१५५ यात्रु बोकेर सिंगापुरतर्फ जाँदै गरेको बिमान बेपत्ता
Advertise Here Book Now
काठमाडौं, पुस १३– इन्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गरेको एअर एसियाको बिमान वेपत्ता भएको छ । क्युजेड ८५०१ कल साइन रहेको सो विमान १५५ यात्रु बोकेर सिंगापुरतर्फ जाँदै थियो । विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७ बजेदेखि सम्पर्क बिहीन भएको हो । बिबिसिका अनुसार जाकार्ता पुगेपछि उक्त्त विमान सम्पर्कमा छैन । एसिया एयरलाइन्सले बेपत्ता विमानको खोजी कार्य भइरहेको जनाएको छ । ट्रान्सपोर्ट मन्त्रालयका एक अधिकारी हादी मुस्तोफाले विमानले जाभा समुन्द्रको माथिबाट सम्पर्क गुमाएको स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । सुरबया र सिंगापुरको बीचमा पर्ने जाभा समुन्द्र माथिबाट विमानले नियन्त्रण गुमाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।