३० दलीय मोर्चाद्वारा विरोधका कार्यक्रम सार्वजनिक
Advertise Here Book Now

???????????????????????????????कैलाली, पुस १७ – एकीकृत नेकपा माआवादी सम्मिलित तीस दलीय मोर्चाले पहिचानसहितको संविधान निर्माण गरिनुपर्ने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।   मोर्चाले आज कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । पुस १९ गते कैलालीको ट्राफिक र क्याम्पस रोडबाट विशाल जुलुस प्रदर्शन गरिने पुस २५ देखि २९ सम्म प्रदेशमा आलोपालो आम हड्ताल गरिने एकीकृत ने.क.पा. माओवादीका जिल्ला सचिव कृष्ण बहादुर चौधरीले जानकारी दिए । त्यसैगरी पुस २५ गते खसान खप्तड कर्णाली प्रदेश पौष २७ गते लिम्बुवान किराँत खुम्बुवान र मधेश पुस २९ गते नेवाः ताम्सालिङ्गलगायतका प्रदेशहरुमा विरोधका कार्यक्रम गरिनुका साथै माघ ५ गतेबाट नेपाल बन्द गरिने मोर्चाले जनाएको छ ।   माघ ८ गते पहिचानसहितको संविधान निर्माण हुनमा कठिनाई भएको र आफ्नो संस्कृति भेषभुषा र अधिकार कुण्ठित हुने भएकोले आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघीय समाजवादी पार्टी केन्द्रीय सचिव होरिलाल चौधरीले बताए । पहिचानसहितको संविधान निर्माण नगरी दलहरुले फेरी २०४७ सालको संविधान ब्यूँताउने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध आन्दोलनको आवश्यकता भएको आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष तेजतारामी मगरले बताए । ३० दलीय गठबन्धनले आयोजना गरिन लागेको विरोधका कार्यक्रमलाई कैलालीका विभिन्न संघ–संस्था संघ–संगठनले ऐक्यबद्धता जनाई रहेका मोर्चाले जनाएको छ । 

-ratopati

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्