सिरहामा लागुऔसधसहित दुई युवक पक्राउ
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा । पौष १७  
प्रहरीले सिरहाको बरियारपट्टी– ५ बाट गएराति लागुऔसधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार  प्रहरीले सिरहाको बरियारपट्टी– ५ बाट गएराति लागुऔसधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
 पक्राउ पर्नेमा सिरहाको जानकीनगर– २ निवासी २० वर्षीय   अजितकुमार राय र मकवानपुर भीमफेदी –२ निवासी १७ वर्षीय  मनिÈ रानामगर रहेका छन् ।इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले जा“च गर्ने क्रममा लागुऔसधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेकाको साथबाट कोरेक्स ५ बोतल, नाइट्रोजन २८ ट्याब्लेट, फोडबिन, डाइजेपाम र फेनारगन ४ थान बरामद भएको छ ।पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्