वीरगंजको माइस्थान चौकमा पुस २४ गते बिहिबार डा. सिके राउतले सम्बोधन गर्ने
Advertise Here Book Now

वीरगंजको माइस्थान चौकमा पुस २४ गते बिहिबार डा. सिके राउतले सम्बोधन गर्नेवीरगंज ,पुस १८ ,राकेश साह// स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता एवं संयोजक डा. सिके राउतले वीरगंजको माइस्थान चौकमा पुस २४ बिहिबारका दिन जनसम्बोधन गर्ने भएका छन् । मधेसको एतिहासिक नगरी एवं नेपालको आर्थिक राजधानिको रुपमा चिनिने वीरगंजमा पुस २४ गते आफनो १० औ आमसभा बिहिबार गर्ने भएको जानकारी कार्यक्रम संयोजक सरोज कर्णले बताए ।डा. सिके राउत बचाउ संर्घष समिती पर्साको आयोजना गर्ने आम सभा निर्धारित समयमा हुने र सो सभामा उपस्थित हुन सम्पुर्ण मधेसप्रेमी जनता,नागरिक समाज,बुद्धिजिवी ,सञ्चारकर्मी , बिद्यार्थीहरुलाई आग्रह समेत गरिएको छ । सभामा गठबन्धनका अगुवा नेता डा. सिके राउत , कैलाश महतो ,चन्दन सिंह, मधेसी पत्रकास समाज अध्यक्ष संतोष पटेल , संर्घष समिती वीरगंजका संयोजक राजेश यादव, जेपी यादव , अजय पटेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसम्बोधन सभालाई व्यवस्थित रुपमा गर्नकालागि ३ वटा उपसमितीहरु गठन गरिएको छ । ३० सदस्ययी मुल आयोजक समितीको संयोजक रामेश्वर साह रहेका छन । मधेशमाथि जारी विभेद अन्त्यको एक मात्र उपाय स्वतन्त्र मधेश रहेको राउतको धारणा रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्