ग्राहकलाई जवर्जस्ति गर्न खाजेको आरोपमा होटल सञ्चालक पक्राउ
Advertise Here Book Now

उदयपुर, १६ माघ ।
ग्राहकलाई जवर्जस्ति गर्न खोजेको आरोपमा उदयपुरको कटारी नगरपालिका स्थित कटारी बजारका एक होटल सञ्चालक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हिमगंगा होटल सञ्चालन गर्दै आएको ३० बर्षीय सञ्चालक सन्तोषप्रसाद साह रहेको छ ।
बासबस्न भन्दै बाबुसँग होटलमा गएकी महिला माथि सञ्चालक साहले जवर्जस्ति गर्न खाजेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बधवार बिहान बाबु बाहिर निस्किएको समयमा सञ्चालक साहले मुख थुन्दै जवर्जस्ति गर्ने प्रयास गरेको थियो । पीडितले सञ्चालक साह बिरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरि साहलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ ।