खुलेआम उपभोक्ता ठग्दै घुर्मीका व्यापारीहरु
Advertise Here Book Now
घुर्मी माघ १४
उदयपुर र ओखलढुङ्गाको सीमास्थलमा पर्ने सुनकोसीस्थित घुर्मी बजारमा खुलेआम व्यापारीले उपभोक्ता ठग्ने गरेको पाइएको छ । उदयपुर सदरमुकामदेखि लगभग चारसय किलोमिटर टाढा पश्चिम सीमाना र ओखलढुङ्गाको दक्षिण सीमानामा पर्ने सो ठाउँमा दिनदहाडै उपभोक्ता ठगिदै आए पनि सम्बन्धित निकायले कारबाहीको कुनै चासो नदेखाउको गुनासो छ ।
सदरमुकामबाट धेरै लामो दुरीमा पर्ने भएकाले हतपत प्रशासन पहरीको आँखा नपुग्ने हुनाले पनि व्यापारीमा ठगी प्रबृत्ति बढेको स्थानीयको गुनासो छ । स्थानीय कुमार धमलाले प्रशासन र प्रहरीको आँखा नपुग्ने भएकाले व्यापारीको लापरबाहीलाई कसैले निगरानी गर्न नसकेको बताए । सम्बन्धित निकायको निगरानी अभावकै कारण व्यापार संघकै सक्रियातामा उपभोक्ता ठगी हुने गरेको उनको भनाई छ ।
घुर्मीका पसलैपिचे उपभोग्य वस्तुहरु नुन, तेल, चाउचाउ, चामल, दाल, चिनीजस्ता खाद्य पदार्थदेखि लत्ताकपडा र विभिन्न भाँडाकुँडा र हार्डवेयरका सामानहरु फरक फरक मूल्यमा विक्री हुने गरेको छ । एक स्थानीयले नाम नखुलाउने सर्तमा बताएअनुसार सानो कारोवारका लागि दर्ता भएका पसलहरु अहिले करोडौंको कारोवार गर्ने गरेका छन् । सानो व्यापारिक फर्मको नाममा करोडौं कारोबार गरे पनि सरकारलाई बुझाउनुपर्ने आन्तरिक राजस्व र भ्याट छली व्यापक हुने गरेको र त्यस्तो काममा व्यापार संघ नै अगुवा रहेको उपभोक्ताको भनाई छ । नाम नबताउँने सर्तमा एक व्यापारीले बताए अनुसार घुर्मीका कुनै पनि व्यापारीले कारोवार अनुसारको राजस्व तिरेका छैनन् ।
बजार अनुगमनमा आउनेहरुले पनि व्यापारीकै मातहता पूर्व जानकारी दिएर आउने हुनाले संघले बाटोमै मोलतोल मिलाएर राजस्व छलीमा मद्धत गर्ने गरेको छ । घुर्मी बजारमा रहेका रेडियो रामेछापका सम्वाददाताका कुमार धमलाका अनुसार करोड भन्दा माथि कारोवार गर्ने तीन दर्जनभन्दा बढी पसलहरु रहेका छन् । यी पसलहरुले दश लाख भन्दा कम कारोवार गरेका छौ भन्दै राजस्व ठग्ने गरेको बताए ।
विभन्न अखाद्य वस्तुको मिसावट गरिएका, म्याद गुज्रिएका, विभिन्न उपभोग्य सामाग्रीहरु सवैभन्दा ठूलो परिमाणमा घुर्मी बजारमा रहे पनि न जिल्लाको बजार अनुगमन समितिको ध्यान घुर्मी बजारमा पुग्न जरुरी रहेको धमलाले बताए । उनले तीन÷चार वर्ष एक पटक बजार अनुगमन हुने भने पनि अनुगमन कताबाट कता आएर जाने गरेको भन्दै व्यापार उदयपुर उद्योग बाणिज्य संघ कटरीकै मिलेमतोमा फर्कने गरेको बताए । उदयपुर उद्योग बाणिज्य संघ उदयपुरका प्रथम उपाअध्यक्ष पुष्कर खड्काले घुर्मीबजार केहीले राजस्व छली गरेको भए पनि धेरैमा नहरेको बताए । उनले बजार अनुगमन टोली घुर्मी बजार समय समयमा निरन्तर भईरहेको भन्दै व्यापार संघको मिलेमतोमा केही पनि नहुने जानकारी दिए । यदी कसैले प्रमाण सहित राजस्व छलीमा संघका पदाधिकारीहरु संलङगत रहेको भेटे कानुनी कारवाही समेत भोग्ने ठोकुवा गरे ।