आज सहिद दिवस, विभिन्न कार्यक्रम गरिँदै
Advertise Here Book Now


सहिद दिवस आज सिरहाको लहान सहित देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
 प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस मनाउन लागिएको हो । राजधानीको लैनचौरको सहिदपार्कमा अहिले बिहान ९ बजे बिशेष समारोहकाबीच श्रद्धाञ्जलीसभा आयोजना गरिँदैछ । सभामा प्रधानमन्त्री सुशील कोइराला जाने कार्यक्रम  छ ।
 जहानियाँ राणाशासन, निरंकुश पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा वीर सपुतहरूले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्