सुरक्षा चुस्त दुरुस्त बनाउन सिरहाको लहानमा सि.सि. टिभि क्यामेरा जडान हुन
Advertise Here Book Now





श्रीकान्त झा । सिरहा , माघ १५
 शहरीकारण विकासको साथै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन सिरहाको लहानमा सि.सि. टिभि क्यामेरा जडान हुने भएको छ ।
     
सि.सि. टिभी जडान गर्ने सम्बन्धमा छलफल सम्पन्न भई क्यामेराको लागी तार जडान कार्य शुरु भएको छ । ईलाका प्रहरी कार्यालय लहानकोे कार्य क्षेत्र भित्र भरपर्दो शान्ति सुरक्षा कायम गरि अपराधिक गतिबिधीलाई नियन्त्रण तथा अनुसन्धानलाई प्रभाबकारी बनाउनको साथ साथै सडक दुर्घटना जस्ता कर्य लाई निगरानी लगायतको गतिविधिलाई थप प्रभावकारी वनाउन लहान एरिया भित्र सि.सि. टिभी क्यामरा जडान गर्न अग्रसर भएको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन् ।

 लहानको राजमागको पश्चिममा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय देखि पूर्वमा रहेको आखं अस्पताल सम्म र वजार एरियाको महत्व पूर्ण स्थानहरुको आसपासमा सि.सि. टिभी क्यामेरा जडान गर्न ईलाका प्रहरी कार्यालय लहानलको पहलमा उक्त सम्बन्धमा ईलाका प्रहरी कार्यलय लहानमा स्थानिय वासी , राजनितिक कर्मी , पत्रकार , स्थानिय व्यापारी लगायतका व्यक्तिहरुको साथमा बृहत छलफल गरि सि.सि. टिभी जडान गर्ने स्थान छनोट र आर्थिक श्रोत जुटाउन  सदस्यीय समिति गठन गरिएको छ ।


स्थानिय उद्योग वाणिज्य संघ , व्यापारी , नागरीक समाज , नगरपालीका लगायतका को सहयोगमा  १३ लाख मूल्य वरावरको क्यामरा जडान गरिने छ । यता क्यामराको मूनिटर ईलाका प्रहरी कार्यलय लहानमा राखिने छ भने त्यसको निगरानिमा एक जना प्रहरी २४ से घन्टा निगरानिमा वसिरहने लहान प्रहरीले जनाको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्