शिविरमा ५१ डिप्रेसनका विरामी फेला
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, १६ माघ ।
सिरहाका दक्षिणबर्ती क्षेत्रमा रहेको फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हामा शुक्रवार गरिएको शिविरमा ५१ जना डिप्रेसन भएका विरामी फेला परेका छन । विभिन्न स्थानबाट उपचारका लागि आएका बिरामीहरुको उपचारको क्रममा ५१ जना डिप्रेसन भएको बिरामी फेला परेको अस्पताल प्रशासनले जानकारी दिए । शिबिरमा ग्राण्डि इन्टरनेशनल हस्पिटल काठमाडौंका नशा तथा मानसिक रोग विशेषज्ञ डा. रचना शर्मा लगायतका बिषेशज्ञहरुको सहभागिता रहेको थियो । डा.शर्माका अनुसार डिप्रेसन समस्या नेपालमा मात्र नभएर यो समस्या विश्व व्यापीरुपमा रहेको छ । यो रोग भए पछि मानसिक तनाव, कमजोरी जस्ता लक्षणहरु देखा पर्छ । मानिसको शरिरमा न्यूरोट्रान्समेटरको अभाव भएमा यस्ता रोगहरु लाग्ने गरेको डा.शर्मा बताइन् 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्