मधेशको मुड - संघियता भर्सेज सिके
Advertise Here Book Now
मधेशीहरुलाई सन्तुष्ट हुने गरी संघियताको उचित व्यवस्थापन नभए मधेशमा ठुलो विग्रह मच्ने निश्चित छ ।
गएको आईतवार परासीमा सभामुखको पुतला जलाउदै स्थानिय मधेशी नेताहरु |
गएको आईतवार पश्चिम मधेशीको परासी सहरमा १ बजे तिर पस्दा एउटा स्थानिय पत्रकार मित्रलाई मैलै सुरु मै सोधे, के छ याहाको राजनितीक अवस्था ? उनी सुरु मै भने, सर अब संघियता भन्दा पनि वढी याहा सिकेको चर्चा हुन थालेको छ । मलाई अली अपाँच्य भयो र मैलै भने, होईन होला ? उनी फेरी मलाई प्रतिउत्तर दिए, तपाई मसंग परासी वजार मात्रै होईन, नवलपरासीको मधेशी वाहुल्य ग्रामिण क्षेत्रमा पनि हिडनुस, अनि थाहा पाउनु हुन्छ । हामी परासी वजारकै विचमा रहेको एउटा चिया पसलमा छिर्यौ । हामी दुवै जना चिया खादै गप गरीरहदा उनको मोवाईलमा फोनमा आयो, सिडियो अफिसको अनुसन्धान विभागमा आउनुस भनेर । उनले फोन राख्ने वितिकै मलाई भने, चिया चाडो खानुस अनुसन्धान विभागमा जानु पर्यो । मैलै किन भनेर प्रश्न तेर्साए, अनि उसले भने, सिके राउतको अभियानमा लागेको एक जना अगुवा अहिले त्याहा हुनुहुन्छ रे । उहांलाई हिजो कसैले दिन र राती दुवै समयमा फोन गरेर ज्यान मार्ने धम्की दिदै तथानाम गाली गलौज गरेका रैछन । मैलै उनी को हुन भनेर सोधे, उनी थिए सिके राउतको अभियानमा लागेका एक वरिष्ठ अगुवा कैलाश महतो । कैलास महतोको नाम म पनि नसुनेको चाही होईन । चिया खाएर हामी दुवै जना प्रशासन कार्यलयमा रहेको अनुसन्धान विभागमा छिर्यौ । अनुसन्धान अधिकृत मधेशी मुलकै थिए । त्याहा कैलाश महतोको मोवाईलमा भएको कुराकानी सवै सुनिरहेको थिए । हामी पनि सुन्यौ । मधेशी मुलको ती अनुसन्धान अधिकृत महतोको घटनावाट पन्छिन खाजेको देखिन्थ्यो । उनले सिधै प्रमुख जिल्ला अधिकारीसंग भेटन सुझाए महतोलाई । महतो सिधै प्रजिअको कार्यकक्ष तिर गए । पछि पछि हामी पनि लाग्यौ । प्रजिअलाई पनि मोवाईलमा भएको उक्त कुराकानी सुनाइयो । प्रजिअ अलि तनावमा देखिन थालेका थिए, शायद उनी संगसंगै हामी पत्रकार पनि भएको कारणले होला । मलाई त्यस्तै लाग्यो र मैलै पत्रकार मित्रलाई त्याहावाट निस्कन आग्रह गरे । किनकी मेरो वाहिर पनि अरु भेटघाटको पुर्व निर्धारित केही कार्यक्रमहरु थियो । हामी निस्कनै लाग्दा प्रजिअले महतोलाई त्याहाका एसपीलाई भेटनको लागी सुझाए ।