अवैध मदिरा उत्पादन रोक:सम्पादकीय
Advertise Here Book Now
.jpg)
गरेको छ । अभियानको पहिलो दिन नै ठूलो सफलता हात
पार्यो । ईप्रका गोलबजारका इन्सपेक्टर सन्तोष निरौला
नेतृत्वको टोलीले करिब तीन हजार लिटर मदिरा र कच्चा
पदार्थ बरामद गरी नष्ट गरे । यो चानचुने कुरा होइन् । यति
ठूलो मात्रामा गोलबजारमा आजसम्म मदिरा बरामद गरि
नष्ट पारेका थिएनन् । यसले के बुझ्न सकिन्छ कि गोलबजार
क्षेत्रमा अवैध घरेलु मदिराको कारोबार बढेको छ ।
हुन त पटक पटक गोलबजारमा मदिरा र कच्चा पदार्थ
बरामद अभियान चलाए । तर निरन्तरता पाएनन् । जसले
गर्दा अवैध मदिरा उत्पादन बन्द भएन । अहिले व्यापक
मात्रामा मदिरा उत्पादन भईरहेको छ । त्यसैले प्रहरीले
उत्पादन पूर्ण रुपमा बन्द गराउन अभियानलाई निरन्तरता
दिन जरुरी छ । गोलबजारमा मात्र नभएर लहान, धनगढी,
मिर्चैया र सिरहा सदरमुकाम जस्ता बजारहरुमा व्यापक
मात्रामा अवैध घरेलु मदिरा उत्पादन हुन्छ । ति क्षेत्रका प्रहरीले
पनि मदिरा उत्पादन बन्द गराउन अभियान थालोस् ।
मदिराले स्वास्थ्यमा नराम्रो असर गर्छन् भन्ने कुरा थाहा
नभएको सायदै कोही होला । तर यहाँका बजार र गाउँघरमा
उत्पादन गरिने मदिरा अन्य मान्यता प्राप्त मदिराभन्दा
खतरनाक हुन्छ । बढी नशालु बनाउने बहानामा रासायनिक
मल (खाद्य) हालेर लोकल मदिरा अवैध ढंगबाट उत्पादन
गर्छन् । साथै सरकारलाई बुझाउनुपर्ने राजश्व समेत छली
गर्छन् । त्यसैले यस्ता अवैध घरेलु मदिरा पूर्ण रुपमा उत्पादन
तथा कारोबार बन्द गराउन जरुरी छ ।