घाईते अवस्थामा डा सीके राउतलाई बिराटनगर प्रहरीले रिहा गर्यो
Advertise Here Book Now
प्रहरी हस्तक्षेप र बल प्रयोगले गर्दा सीके राउत सहित उनका करीब आधा दर्जन समर्थक र कार्यकर्ता घाईते भएका थिए. अबेर रातिनै राउतलाई धरान स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो. प्रहरीको लाठीचार्जमा घाईते भएका राउतको दाहिने खुट्टामा प्लाश्टर गरिएको छ.
सीके राउतका करीबी चन्दन सिंहले दिएको जानकारी अनुसार राउतलाई बिराटनगर प्रहरीले सांझ ७:३० बजे आफूहरुको जिम्मा लगाएको बताए.
‘शान्तिपूर्ण रुपमा आमसभा गरिरहेको अवस्थामा नेपाल प्रहरीले आकास्मिक रुपमा हस्तक्षेप गरी सभा बिथोल्नुको साथै अनावश्यक तरिकाले बलपूर्वक लाठीचार्ज र आश्रुग्यासको प्रयोगबाट कार्यकर्ताहरुलाई घाइते बनाउनुको साथै नजिकको घर-घर मै पसी प्रहरीले लाठीचार्ज गरेको’ डा सीके राउत बचाऊ संघर्ष समितिले आफ्नो विज्ञप्तिमा भनेको छ |
राउतका सहयोगी कैलाश महतोले मधेश खबरलाई पठाएको इमेलमा भनिएको छ- प्रहरीले डा. राउतलाई मुक्त गर्दा डा. राउतको बायाँ औलाबाट रगत बगी रहेको र दाहिने खुट्टामा पनि चोट लागेको (भाचेको हुन सक्ने) कारणले अस्पतालमा उपचारार्थ हुनुहुन्छ ।
-मधेश खबर
-मधेश खबर