दाइजो नल्याएको भन्दै दुई बुहारी घर निकाला
Advertise Here Book Now

दाइजो नल्याएको भन्दै दुई बुहारी घर निकालारौतहट- दाइजो नल्याएको निहुँमा दुई जना महिलालाई घर निकाला गरिएको छ। रौतहटको मिठुअवा-७ का रामविश्वास साहकी १९ वर्षीया श्रीमती प्रतिमा देवीलाई दाइजो नल्याएको निहुँमा घर निकाला गरिएको हो। प्रतिमा देवीको गत जेठ १ गते दुखा साहको छोरा रामविश्वास साहसँग समाजिक परम्पराअनुसार विवाह भएको थियो।
विवाहको समयमा तीन लाख नगद र एउटा मोटरसाइकल दाइजो लिएका रामविश्वासले दाइजो बापतको १५ हजार रुपैयाँ र एउटा भैंसी नल्याएपछि प्रतिमालाई परिवारका सदस्यले मानसिक यातना दिन थालेका थिए।
रामविश्वासको परिवारले उनलाई यातना दिनुका साथै निर्घात कुटपिटसमेत गरेका छन्। परिवारको कुटपिटबाट प्रतिमाको मानसिक सन्तुलन पनि कमजोर भएपछि केही महिना पहिले उपचारको लागि काठमाडौंस्थित न्यूरो अस्पताल पनि लगिएको थियो।
उपचारपछि घर ल्याएर प्रतिमाकी सासु पशपतिया देवी, जेठानी रीनादेवी र ससुरा दुखा साह मिलेर दाइजो नल्याएको भन्दै गत शनिबार कपाल काटेर घर निकाला गरिदिएका थिए।
छोरीलाई घरबाट निकालेको खबर पाएपछि उनका बाबु विष्णुदयाल साहलगायत अन्य पाँच जना छिमेकीहरु मिलेर रामविश्वासको घर पुगेका थिए। छोरीलाई यातना दिएको विषयमा सम्धी र उनका परिवारसँग कुरा गर्दा ज्वाइँलगायत सम्धी दुखा समेतले विभिन्न प्रपञ्च गर्दै कुटपिट गर्न थालेको उनले गुनासो गरे।
कुटपिटकै क्रममा नजिकै रहेको प्रहरी चौकी शुकदेव चोकको टोलीले दुवै पक्षलाई नियन्त्रणमा लिएर महिला तथा बालबालिका सेवा केन्द्र गरुडमा पुर्याशएका थिए। तर उनीहरुको विवाद समाधान हुन सकेन। छोरीलाई दुर्व्यवहार गरेको उजुरी विष्णुदयालले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमा समेत दिएको छ।
महिला तथा बालबालिका सेवा केन्द्रले दुवै पक्षलाई छलफल गर्न बिहीबार समय तोकिएको भए पनि महिला अधिकारकर्मीले महिलामाथि भएको हिंसाविरुद्ध आवज उठाएपछि बिहीबार प्रहरीले दुखा र रामविश्वासलाई पक्राउ गरी नियन्त्रणमा लिएको केन्द्रका इन्चार्ज शिवनाथ यादवले बताए।
न्यायको लागि महिला अधिकारवादीसँग केन्द्र पुगेकी महिला प्रतिमाले विनाकारण आफूमाथि श्रीमानसहित घरका सम्पूर्ण सदरस्यहरु मिलेर मानसिक यातना दिँदै बौला भनेर सबै कपाल काटिदिएको बताइन्।
त्यस्तै रौतहटकै देवाही गाविसका मुक्तिकान्त ठाकुरले पनि १८ वर्षीया श्रीमती पुनमदेवी ठाकुरालाई घर निकाला गरिदिएका छन्। देवाही-५ का महन्त ठाकुरको छोरा मुक्तिकान्त ठाकुरको विवाह चन्द्रपुर नगरपालिका-११ नयाँवस्तीका नेपाली ठाकुरकी छोरी पुनम ठाकुरसँग गत वैशाखमा भएको थियो।
दाइजोको रुपमा चार लाख रुपैंया लिएका मुक्तिकान्तले अझै टिभी र सिलाई मेसिन ल्याउनुपर्ने भन्दै आगोले पोलेर घरबाट निकालि दिएका थिए। बुहारी पुनमले दाइजोमा टिभी र सिलाई मेसिन नल्याएको भन्दै तिमी काली हौं, भन्दै सासु शारदा देवी नन्दहरु मुर्ती कुमारी, निधि कुमारी, शुशिला कुमारी र ममता कुमारी मिले निर्घात कुटपिट गर्दै आगोबाट शरिरको विभिन्न भागमा पोलिदिएर चार दिन अघि घरबाट निकाला गरेका थिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्