पसलहरुको अनुगमन,भारी मात्रामा ढक तराजु जफत
Advertise Here Book Now

10516669_999022753460322_6303136823226938282_nरंजन भण्डारी
जलेश्वर, माघ २९ गते ।
महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका पसलहरुमा अनुगमन गरिएको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा को नेतृत्वमा घरेलु तथा साना उद्योगका खरिदार दिप नारायण चौधरी,जनकपुर नापतोल कार्यालयका सहायक निरिक्षक शिव नारायण साह, पशु कार्यालयका पशु चिकित्सक श्याम नारायण झा , नगर प्रमुख सुजित कुमार कर्ण,पत्रकार धिरेन्द्र राय एव. रंजन भण्डारी,उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघ महोत्तरी ,असई जितेन्द्र झा समेतको टोलीले स्थानिय पसलहरुको नापतौलका ढक तराजु र पान कार्ड लगायतका सवै कागजातहरु जाच गरेका छन ।
जांचका क्रममा अधिकांस अनुमति नपाईएका डिजिटल तराजु र ढकहरु छानबिनका लागी जफत गरिएको छ । जफत गरिएका सामानहरुमा डिजिटल तराजु (पोकेट तराजु ) थान ३,प्रमाणित नभएको तराजु २ थान,ढक ५ किलो १ थान,२ किलो १ थान,१ किलो ११ थान,५सय ग्राम १५ थान,सय ग्राम ६ थान र ५०ग््राम ३ थान रहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाएका छन ।
नगर प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीले उपभोक्ताले कुनै सामान खरिद गर्दा समानको अन्तिम मिति र ढक तराजु साथै बजारको मोल तुलना गरेर मात्र खरिद गर्न आग्रह गरेका छन । साथै सवै पसलेहरुलाई मुल्य सुची अनिवार्य रुपमा उपभोक्ताले देख्नेगरि राख्न समेत निर्देशन दिएका छन ।
जफत गरिएका सामानहरुमा छानबिनपछि उपभोक्तालाई ठगेको पाईए कार्यवाही समेत गरिने जनाएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्