चिप्लीयो भने सिद्धिन्छन मधेशी नेतृत्वहरु
Advertise Here Book Now

आइतवार प्रधानमन्त्री सुशिल कोईरालाले वार्ताका लागी लिखित आग्रह गरे पछि त्यस वारेमा विभिन्न खाले टिकाटिप्पणीहरु आईरहेका छन । हुनत मधेशी मोर्चा सम्मलीत विपक्षीहरुको गठवन्धनले आज उक्त आव्हानलाई अमुर्त भन्दै तत्कालै वार्तामा नबस्ने निर्णय गरेको छ । यस अघि प्रधानमन्त्रीले लिखित आव्हान जारी गरे लगतै राष्टपति रामवरण यादवले आईतवार वेलुकी मधेशी मोर्चाका नेताहरुलाई बोलाएर वार्ता सुचारु गर्न आग्रह गरेका थिए । समाचारहरुमा जनाइए अनुसार मधेशी मोर्चामा सम्मलीत नेताहरुले तत्कालै वार्ता प्रारम्भ हुन सक्ने वातावरण नबनेको जवाफ राष्टपतिलाई फर्काएका थिए । यद्यपी वाहिर मधेशी मोर्चामा सम्मलीत विभिन्न नेताहरुको वारेमा विभिन्न अडकालवाजीहरु काटिदै छन ।

आइतवार प्रधानमन्त्रीले वार्ताका लागी आब्हान जारी गर्दा मधेशी मोर्चाका सबै शिर्ष नेताहरु मधेशका जिल्लाहरुमा थिए । प्रधानमन्त्रीको वार्ता आब्हान पश्चात तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार काठमाडौ आए । सतारुढ दलहरुले मधेश आन्द्योलनको क्रममा भएको सम्झौता मान्न तयार नभए पछि  मधेशी मोर्चा सहितका विपक्षी गठवन्धनहरु आन्दोलनमा उत्रेका छन । पुरै विपक्षी गठवन्धनको आन्दोलनको मुख्य क्षेत्र मधेश नै देखिन्छ । आन्दोलनमा रहदा मधेशी मोर्चाका नेताहरुले वार्तालाई अस्विकार गर्नु पर्छ भन्ने छैन । जुन अहिले गरेको पनि छैन । तर मधेशी नेतृत्वहरु होस गरेन भने आरोलो यात्रामा रहेका मधेशी नेतृत्वहरु यसरी लडछन कि मधेशमा राजनिती गर्न लायक पनि रहन सक्दैन । 

पहिलो संविद्यानसभाको क्रममा सता रहदा अत्यन्तै नराम्ररी छवी बनाउन पुगेका मधेशी नेताहरु यदी अहिले फेरी चिप्लीए भने काहा पुग्छन, त्यसको आकंलन राम्ररी गरे हुन्छ ।
 
मधेशी नेतृत्वहरु अहिले वार्ता प्रक्रियालाई अवरुद्ध नगर्दै मधेशको सडकलाई मजवुत बनाउनवाट पछि हटनु हुदैन । किनकी मधेशमा पछिल्लो समयमा अत्यन्तै विग्रहको वातावरणहरु देखा पर्न थालेका छन । र सडकलाई मजवुत पार्दै त्यसलाई उचित व्यवस्थापनमा पनि त्यतीकै चनाखोका साथ अगाडी वढनु पर्छ, जसले मधेश र देश दुवैको कल्याण गरुन ।                     -Dalannepal

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्