बेवारिसे गर्भवती किशोरीको उद्धार
Advertise Here Book Now

पाँचथर, माघ २२ : पाँचथर सदरमुकाम फिदिमका सडकपेटीमा बास बस्ने करिब २० वर्षीया किशोरी गर्भवती भएपछि काठमाडौंको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठनले उद्धार गरेको छ । आफूलाई अम्वादेवी नाम बताउने भारतीय मूलकी ती किशोरीको एक महिना अगाडि स्वास्थ्य परीक्षण गर्दा पेटमा ५ महिनाको गर्भ रहेको पुष्टि भएपछि सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी र महिला विकास अधिकृतलगायको पहलमा उद्धार गरिएको हो । ती किशोरी २०६९ साल भदौदेखि पाँचथर सदरमुकाम फिदिमका सडकपेटीमा बस्दै  आएकी थिइन् । यसअघि पनि ती किशोरी ३ पटक गर्भवती भएको भन्दै स्थानीयको पहलमा गर्भपतन गराइएको र पछिल्लोपटक भने उनी आफैंले गर्भपतन गराउन नमानेको बताइएको छ । उनलाई गर्भवती कसले बनायो भन्ने विषयमा अनुसन्धान भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्