सीमा स्तम्भको मर्मत सम्भार फागुन ११ देखि
Advertise Here Book Now

विराटनगर, माघ २२ : नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट शुरु हुने भएको छ । नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनीक र नापी विभागका अधिकारीहरुसहितको आज विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११/१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो । उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरंगको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ किलोमिटर क्षेत्रका सीमास्तम्भमध्ये हराएका सीमास्तम्भको ठाउँमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मतका साथै दसगज्जा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्यांक सङ्कलनसमेत गर्ने नेपाली प्रशासनीक टोली प्रमुख तथा मोरङका प्रजिअ गणेशराज कार्कीले जानकारी गराउनुभयो । उक्त टोलीमा नेपालतर्फबाट नापी अधिकृत सुशील डङ्गोलसहित नौं सदस्यीय टोली र सोही सङ्ख्याको भारतीय टोली पनि रहने छ । यो कार्य तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्यरहेको नापी अधिकृत डङ्गोलले जानकारी गराउनुभयो । नेपालकोतर्फबाट मोरङ्गका प्रजिअ गणेशराज कार्कीको नेतृत्वमा बसेको बैठकमा झापा र सुनसरीका प्रजिअसहित नापी,वन,सशस्त्र प्रहरी,नेपाल प्रहरीलगायतका पदाधिकारीहरुको सहभागिता थियो भने भारत अररिया जिल्लाका जिल्ला पदाधिकारी डिष्ट्रक्ट मजिष्ट्रेट नरेन्द्रकुमार सिंह, सुपौल जिल्लाका सहायक जिल्ला अधिकारी कुमार अरुण प्रकाशसहित ती दुवै जिल्लाका वन, नापीका साथै सीमासुरक्षा वल र प्रहरी प्रमुखहरुको सहभागिता थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्