काँग्रेसको संघीय अवधारणा मञ्जुर छैन
Advertise Here Book Now

जयराम यादव
नेता, मधेशी जनअधिकार फोरम नेपाल
जयराम यादव जो पहिलो सविधानसभा चुनावका चर्चित व्यक्ति हुन् । उपेन्द्र यादवले जितको क्षेत्रबाट उनी उपचुनाव जितेपछि एकाएक चर्चामा आएका व्यक्ति हुन् । आफ्नो जिल्ला मोरगंमा सांगठनिक हिसाबले बलियो मानिएका जयराम यादव मधेशका लागि संघर्षशिल युवा हुन् । संयोगले उनी दोस्रो सविधानसभा चुनावमा विरामी परे नत्र उनी भएको भए चुनाव जित्थे भनि चर्चा उनकै क्षेत्रमा भइरहेको छ । जे होस् विरामीमा अढाई वर्ष अल्झिएर पनि उस्तै जोश जागर छन् उनमा । मेरो उमेरै कति गएको छ र अहिले धेरै गर्नुछ भन्छन् उनी । सिहदरवारमा भेटिएका जयराम यादवसँग गरिएको छोटो कुराकानीको अंशः

राजनीतिकमा तपाई धेरै दिन ग्याप रहनु भयो कहाँ हुनुहुन्थ्यो ?
–म पहिलो सविधानसभाको सभासद् हुँदा नै मलाई शारीरिक समस्या देखियो । शुरुमा ज्वरो र खोकी मात्र देखियो । २०६८ पुस १० गते म विरामी परे । त्यसको साधारण उपचारमा लागे । त्यसको लागि नेपालमा नौ महिना लाग्यो । पाटन, टिचिगं, नर्भिकलगायत विभिन्न ठाउँमा उपचार गराए तर रोग निको भएन । २०६९ जेठ १४ गते सविधानसभाको अवशासनपछि म विराटनगरमा थिए । एकदिन अचानक म घरमै बेहोस् भए । त्यतिखेर म नर्भिकमा उपचार गराई रहेका थिए । नर्भिकले रोग पत्ता लगाउन सकेन । गलत उपचार गरेर गलत औषधि दिएको थियो त्यसले रियाक्सन गर्यो । त्यसपछि म दिल्ली गए त्यहाँ गएर अपोलो र मेदान्तामा मेरो उपचार भयो । त्यहाँ उपचार भएपछि बल्ला थाह भयो कि मलाई ब्रेन सम्बन्धि रोग रहेको छ । मधेश आन्दोलनताका मेरो टाउको चोट लागेको थियो । चोटका घाउहरु निको त भएको थियो तर नासा खुम्चिएको कारणले त्यसको असर देखाएको थियो । त्यही उपचारका लागि मैले अढाई वर्षसम्म दिल्ली नै बस्नु पर्यो । त्यसले गर्दा राजनीतिमा ग्याप देखिएको थियो । डाक्टरकै सल्लाहमा नै मैले दोस्रो सविधानसभाको चुनावमा भाग लिन सकिन्न राजनीतिकबाट अलिकति ब्याक भएको जस्तो देखियो । यस अवधिमा मलाई फिजिकली, इकोनोमिकली र पोल्टिकली लोस भएको हो । 
अहिले स्वास्थ्य कस्तो छ ?
०७१ को जेठ महिनादेखि औषधी बन्द भएको छ । म अहिले स्वस्थ्य छु । राम्रो महशुस गरिरहेको छु । मेरो वजन ४०–४२ मा झरेको थियो । जवकि स्वास्थ्य हुँदा ७०–७५ केजी थियो । अहिले मेरो वजन ६०–६२ रहेको छ । अहिले पनि डाक्टरले ब्रेन सम्बन्धि समस्या भएका हुनाले ब्रेनलाई प्रेसर हुने काम नगर्न सल्लाह दिनु भएको छ ।   
अब पूर्णरुपले राजनीतिकमा सक्रिय हुनुभयो ?
हो, अहिले सक्रिय छु भन्नु पर्यो । पार्टीले केन्द्रीय समितिमा ल्याएको छ । विगतमा पार्टीले मलाई युवा र विद्यार्थी विभागको जिम्मेवारी दिएको थियो । पुनः त्यही जिम्मेवारी पाएको छु । अर्थात मधेशी युवा फोरम नेपाल र मधेशी विद्यार्थी फोरम नेपालको इन्चार्ज छु । अरु पार्टीले अह्राएको कामहरु पनि गरिरहेको छु । 
डाक्टरले ब्रेनलाई प्रेसर दिने काम नगर्न सल्लाह दिनुभएको छ भने राजनीतिकमा जहिले पनि प्रेसर नै हुन्छ त्यसलाई कसरी म्यानेज गर्नुहुन्छ ?
हो त्यो त हो, तर मुख्य कुरा खानपानमा पनि भर पर्छ । म शाकाहारी मान्छे, खानपानमा ध्यान दिन्छु । र सकभर प्रेसर नहोस् भनि सचेत रहन्छु । 
दुईवर्ष ग्यापको अवधिमा नेपालको रानजीतिलाई कसरी अनुभव गर्नुभयो ?
राष्ट्रिय राजनीतिकमा के भयो त्यो कुराको परिणाम सबै सविधानसभाको चुनावमा नै देखायो । गत सविधानसभाको चुनावमा मोरगंबाट चारजना सभासद् जिताएका थिए । आफू उपचुनावबाट जितेका थिए । तर दोस्रो चुनावमा विरामी भएको कारण गर्न सक्ने जति गर्न सकिएन त्यही कुराको चिन्ता थियो । मलाई लाग्छ म विरामी नभएको भए मोरगं जिल्ला यसरी निल अवस्थामा जाने थिएन कि ! र यो ग्यापले मलाई धेरै पछाडि पारेको छ । 
अब यो दुई वर्षको ग्यापलाई कसरी फिल अप गर्नुहुन्छ ?
भन्नुहुन्छ भने ग्यापबाट पनि धेरै कुरा सिक्ने मौका पाएको छु । उमेर हदको कुरा आउँछ भने पोल्टिक्स इज प्यासन्स भन्छ । म अहिले ३५–३६ वर्षको भएको छु । मेरो उमेर पनि त्यति गएको छैन । म जति धैर्यताका साथ अघि बस्छु त्यति नै धेरै कुरा सिक्छु । दोस्रो सविधानसभाको चुनावमा जसरी राज्य प्रस्तुत भए त्यसबाट पनि धेरै कुरा सिकेको छु । पाठ सिकेको छु । राज्यले कसरी षड्यन्त्र गर्छन् त्यो कुरा पनि हेर्न पाए बुझ्न पाए । यो पछिका लागि पनि काम लाग्छ । 
तपाई पहिलो सविधानसभामा सक्रिय भएर काम गर्नु भएको थियो त्यस हिसाबले अहिलेको सविधानसभालाई कसरी हेर्नु भएको छ कसरी अनुभव गर्नु भएको कार्य प्रगति हेर्दा ?
जहाँसम्म सविधानसभा कार्य प्रगतिको कुरा आउँछ भने शासकीय स्वरुप र राज्यको पुनःसंरचनाबाहेक अरु सबै कुरामा पहिलाको सविधानसभाले टुग्यांई सकेको थियो । अहिलेको सविधानसभामा पहिलाको जस्तो जोसजागर छैन । सविधानसभाको बैठकमा पहिलाको जस्तो उपस्थिति नदेखिनाले पनि त्यो कुरा पुष्टि हुन्छ । अहिलेको सविधानसभामा यथास्थितिवादीहरुको बढी प्रतिनिधित्व देखिएको छ । पहिलोको सविधानसभा र अहिलेको सविधानसभामा धेरैको फरक छ । 
पहिलो सविधानसभामा तपाईको पार्टी एकदमै बलियो भएर आएको थियो, दोस्रो सविधानसभामा किन कमजोर भयो, तपाई एउटा आन्दोलनकारीको नाताले त्यसलाई प्रष्ट पारि दिनुस् न ।
–एउटै वाक्य भनौ भने मधेशवादी दलमाथि पहिलो सविधानसभा चुनावको बेला जनताको जुन लहर र विश्वास थियो त्यो दोस्रो सविधानसभाको चुनावमा थिएन । त्यो जनलहर र विश्वास आफ्नै कारणले गुमाए दलका नेताहरुले । हाम्रो पार्टी मात्र होइन सबै मधेशवादी दलका अवस्था त्यस्तै रह्यो । सत्तामुखी भयो र जनताबाट टाढिदै गयो त्यो कारणले गर्दा चुनावमा समस्या भयो । अर्कोतिर राज्यबाट पनि ठुलै षड्यन्त्र भएको छ । अर्को कुरा पार्टी विभाजनले पनि असर गरेको छ । फोरम नेपालबाट विभाजन भएका तीन दल चुनावमा थिए सायद तीन दलको मत र सविधानसभा सदस्य सँख्या जोड्यो भने पहिलाको जस्तो नै छ तर विभाजनले पनि असर गर्यो । 
पार्टी विभाजन त भयो नै तर फोरम नेपाल त्यसपछिको दिनमा संगठन निर्माणतिर त्यति ध्यान नदिएको पनि आरोप लागिरहेका छन् के भन्नुहुन्छ ?
आएको आरोप जस्तो त होइन । संगठनकै कुरा गर्ने हो भने अरु मधेशवादी दलभन्दा मधेशमा अहिले पनि हाम्रै पार्टीको सगठन राम्रो छ । प्रत्येक जिल्ला, प्रत्येक गाउँमा हाम्रो संगठन छ । अरु कुनै मधेशवादी दलको छैन । चुनाव भन्ने कुरामा धेरै दाउपेच हुन्छ, धेरै रणनीति हुन्छ त्यसमा फेल खाएको छ त्यो बेग्लै कुरा हो तर नढाटिकन भन्ने हो भने सगठन हाम्रो बलियो छ । सँख्याले मात्र राजनीतिक हुँदैन । सविधानसभा वा कुनै चुनावमा कसैको धेरै सँख्या आयो भने त्यो दलको राम्रो संगठन छ भने होइन । विचार, सिद्धान्त र अडान पनि हेर्नुपर्छ । अहिले पनि तपाई मधेशमा जानुस् कुरा गर्नुस् जो जुन पार्टीमा भएपनि सेन्टिमेन्ट फोरम नेपाल प्रति नै छन् तर त्यो व्यवस्थित भइरहेको छैन । उपेन्द्र यादवको अडान र विचारलाई अहिले पनि मधेशमा प्रशंसा गर्छ । 
अगामी दिनमा अझ बलियो भएर आउन फोरम नेपाल के कस्तो तयारी गरिरहेका छन् संगठन निर्माणका लागि ?
पार्टीको नियमित बैठक बसिरहेका छन् । र, योजना मुताविक कामहरु भइरहेका छन् । भर्खरै जिल्ला स्तरको कार्यक्रमहरु सकेका छन् । केन्द्रीय नेताहरुलाई जिल्ला जिल्लामा परिचालित गरेका छन् । तपाई हेर्नुहुन्छ अरु दलकोनेता जस्तो हाम्रो पार्टीका नेताहरु काठमाडौमा पाउनु हुन्न सबै जिल्लामा खटेका छन् कार्यक्रमहरु गरिरहेका छन् । पार्टी अध्यक्ष पनि काठमाडौ र मधेश गरिरहनु भएको छ । जिल्ला जिल्लामा सदस्यता नविकरण गर्ने काम भइरहेका छन् । अगामी दिन संगठनकै बलमा सबभन्दा अगाडि हुनेछौ त्यस्तो तयारीका साथ हामी अगाडि बढी रहेका छौ ।
अन्त्यमा, विगतको सविधानसभा संघीयताका कारणले नै विघटन भयो अहिले पनि त्यसैमा लडाई शुरु भएको छ, संघीयताको बारेमा के भन्नुहुन्छ ?
यो देशमा चाहे राणा शासन होस् । राजाको पंचायती शासन होस् । लोकतन्त्र गणतन्त्र होस् । घुमीफिरी त्यही शासकहरु शासन गरीरहेका छन् । तन्त्र जे भएपनि मानसिकता परिवर्तन भएका छैन । ती शासकहरु अहिले पनि जनतामाथि शासन गर्न खोजिरहेका छन् त्यसैकारणले संघीयतामा झमेला उत्पन्न भएको हो । त्यो शासकहरु चाहदैन कि यो देशमा उनीहरुका लागि सविधान बनोस् । 
तपाई एक मधेश एक प्रदेशका लागि यत्रो लडेका मान्छे, अहिले मधेशवादी दलका नेताहरु एक मधेश एक प्रदेश छाडेर दुई प्रदेशमा सहमति गर्ने मनस्थिति बनाएका छन् के भन्नुहुन्छ ?
–हामी अहिलेसम्म एक मधेश एक स्वायत्त प्रदेशको पक्षमा नै छौ । तत्कालिन सरकारसँग पनि यही सम्झौता भएको थियो । यो कुरा सविधानको धारा १३८ को १ बमोजिम व्यवस्था नै भएको छ कि विभिन्न प्रदेशहरु हुनेछ एक मधेश एक स्वायत्त प्रदेश हुने लेखेकै छन् । सम्झौता अनुसार नै संघीय प्रदेश हुनुपर्छ भने अडानमा छौ । तर, यही कारणले सविधान नबन्ने अवस्था आयो । शासकहरुले यही बहानामा सविधान नबनाउने कुरा गर्यो भने दुई प्रदेशका लागि पनि विचार गर्न सकिन्छ तर अहिले काँग्रेसले जुन अवधारणा ल्याएको छ त्यसमा हामीलाई पटक्के मञ्जुर छैन ।                          स्रोत:साहारा टाइम्स 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्