पशुलाई जसरी मार हाने आतंककारीले
Advertise Here Book Now

एजेन्सी, माघ २६– आतंककारी संगठन आर्इएसएसले सिरियामा एक व्यक्तिको विभत्स हत्या गरेको छ ।
आतंककारीहरुले परिचय खुल्न नसकेका एक वृद्धलाई जादुटुना चलाएर इस्लाम धर्म विपरित काम गरेको आरोप लगाउँदै अचानोमा राखेर घाँटी गिँडी क्रुर हत्या गरेका हुन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले सोमाबार सार्वजनिक गरेको तस्बीरमा ती व्यक्तिलाई आतंककारीहरुले पशुलाई झैं  अचानोमा राखेर गिँडेको प्रश्टै देखिएको छ ।
सार्वजनिक तस्बिरहरुमा आर्इएसएसले ति व्यक्तिलाई आँखामा कालो पट्टी बाँधेको, पाट पछाडि फर्काएर बाँधेको मार हानेको छ । हत्यारा आतंककारीहरुले उनको हत्या गर्दै गर्दा यसपरी भीडभाड समेत देखिन्छ । terror iss
सो आतंकाकारी समुहले यसअघि पनि जोर्डनका सैनिक विमान चालक माज अल कासासबेहलाई जिउँदै जलाएर मारेको थियो भने एक पत्रकारसहित दुई जना जापानी नागरिकको पनि टाउको काटेर हत्या गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्