फागुन २ गते मधेशको कुन जिल्लामा कुन नेताले आन्दोलनको सभालाई संबोधन गर्ने? (सूचि सहित)
Advertise Here Book Now

मधेशी मोर्चा र एमाओवादी सहितको विपक्षी गठबंधनको बिहीबार बसेको बैठकले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
माघ २९ गते देशभरका सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने र २ गते मोर्चामा आवद्ध दलहरुको संयुक्त कार्यकर्ता भेला गर्ने छन् ।
भेलाका लागि संयोजक प्रचण्डसहित मधेशी मोर्चाका सबै शीर्ष नेताहरुलाई जिम्मेवारी तोकिएको छ।
मधेशका विभिन्न जिल्लाहरुमा फागुन २ गते हुने संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्ने शीर्ष नेताहरुको नामावली यस प्रकार तय गरिएको छ-
विराटनगर- उपेन्द्र यादव
जनकपुर- राजेन्द्र महतो
वीरगंज- शरद सिंह भण्डारी
भैरहवा- महंथ ठाकुर
राजबिराज- बिजय कुमार गच्छ्दार
रौतहट- अनिल कुमार झा
बारा- लक्ष्मण लाल कर्ण
महोत्तरी- महेन्द्र राय यादव
कपिलवस्तु- हृदयेश त्रिपाठी
सिरहा- कौशल कुमार सिंह
नेपालगंज- डा बाबुराम भट्टराई
धनगढ़ी- रामजनम चौधरी
झापा- नारायण काजी श्रेष्ठ
सर्लाही- गिरिराज मणि पोखरेल
सुनसरी- गंगा महरा
दांग- रुक्मिणी चौधरी थारु
नवलपरासी- टोप बहादुर रायमाझी
कंचनपुर- भानुराम चौधरी
बर्दिया- लोक नारायण सुवेदी                                                            

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्