विपक्षी मोर्चाको बैठक जारि
Advertise Here Book Now

२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक अहिले जारि छ । बैठकमा हिजो प्रधानमन्त्रीले गर्नुभएको वार्ताको आह्वानका विषयमा आधिकारिक धारणा बनाउने प्रवक्ता पे्रमबहादुर सिंहले जानकारी दिए ।
हिजो प्रधानमन्त्री सुशिल कोइरालाले वार्तामा आउन लिखित आग्रह गर्नुभएको छ । वार्ताको लिखित आग्रहपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको वार्ता आह्वान गोलमोटल र अलमल पार्ने खालको भएको अनौपचारिक प्रतिक्रिया दिए पनि आज विपक्षी सबै दलले छलफलबाट निर्णय गर्न लागेका हुन् ।
मोर्चाको बैठक अहिले एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारि छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्