सिरहामा हतियार भेटियो ,अपराधिक गतिबिध गर्नेलाई तह लगाउनेः नायब उपरिक्षक श्रेष्ष्ठ
Advertise Here Book Now
श्रीकान्त झा÷राम नारायण पंडित, सिरहा, २९ माघ ।सिरहामा एक थान कटुवा पेस्तोल फेला परेको छ । गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरी वल वेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक वालकृष्ण श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरहाको कार्जन्हा ८ परियागपुर वस्ने ३३ वार्षीय ससिव भूषण प्रसाद साहको घरको आंगनमा रहेको स १ त २०८९ नम्वरको ट्रयाकटरको चालक बस्ने सिट मुनि लुकाईछिपाई राखेको अबस्थामा एक थान कटुवा पेस्तोल र एक थान गोलीको खोका बुधबार राति फेला पारेको हो । पेस्तोल र गोलीको खोका बरामद भएपछि ट्रयाक्टर चालक साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मिर्चैयालाई वुझाईएको छ । हालैमा मिर्चैया आएका नायब उपरिक्षक श्रेष्ठले अपराधिक गतिबिध गर्नेलाई तह लगाउने चेताबनी दिएका हुन ।