अधिकार देउ या लडाई गर ः उपेन्द्र यादव
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर, माघ २८ गते । 10961884_1610067489212478_816849362_n
संघियताको लागी पहिलो बलिदानी दिन तयार छु ,मधेशीको हक र अधिकार खोस्न दिन तयार छैन ।
महोत्तरीको भ्रमरपुरामा ३० दलिय मोर्चाको आयोजना र मधेशी फोरम नेपालको नेतृत्वमा भएको खवरदारी र भण्डाफोर कार्यक्रममा बोल्दै मधेशी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले खसवादीले मत कांग्रेस र एमालेलाई दियो तर जनमत हामी संघियतावादीसंग भएको भनेका छन । २०३६ सालको जनमत संग्रहमा राजाले निर्दललाई जिताए पनि जनता बहुदल संग रहेको थियो अब भने यस्ता प्रपन्चहरु जनताले चल्न नदिने जनाएका छन । 10961844_1610067435879150_779629520_n
मधेशी फोरम नेपालका जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षतामा सम्पन्न सो भण्डाफोर कार्यक्रममा तमलोपाका केन्द्रिय उपाध्यक्ष वृषेशचन्द्रलाल कर्ण , मधेश फोर्सका केन्द्रिय अध्यक्ष एवं पुर्व सभासद रामकुमार शर्मा,तमसपाका केनिद्रय सदस्य सुरेश पाण्डेय,एमाओवादीका केन्द्रिय सल्लाहकार कलामुद्दिन राईन ,मधेशी फोरमका केन्द्रिय सदस्य नागेन्द्र यादव,सदभावनाका केन्द्रिय सदस्य रामवृक्ष साह, लगायतका नेताहरुले एमाले र कांग्रेसले सत्ताको लोभमा मधेशी जनताको मौलिक हकमाथी कुठाराघात गरेको आरोप लगाउनुका साथै ३० दलिय मोर्चाले गरेको आन्दोलन सम्बन्धी प्रकाश पारेका छन ।
सो कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अभिराम शर्मा,एमाओवादीका सुचना प्रमुख सत्येन्द्र यादव,फोरम नेपालका राम नरेश राय,संघिय सदभावनाका संजय सिंह,रामसपाका बैकुण्ठ यादव लयायतको उपस्थिति रहेको थियो । विहिवार हुने कार्यक्रममा फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष विजय गच्छदारले क्षेत्र नं. ३ को प्रकौलीमा सम्बोधन गर्ने छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्