दिल्लीमा निर्वाचन सकियो केजरीवाल र वेदी प्रतिस्पर्धी , निर्वाचनको परिणाम मंगलबारसम्म आउने ,(मत तालिका सहित )
Advertise Here Book Now
नयाँदिल्ली , माघ २४ -
भारतको राजधानी नया दिल्लीमा विधानसभा निर्वाचन शनिबार सम्पन्न भएको छ । यसलाई गत वर्ष प्रधानमन्त्रीमा चुनिएका भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीको वास्तविक परीक्षाका रुपमा लिइएको बताइएको छ ।

भाजपाले पूर्व महिला प्रहरीप्रमुख तथा आम आद्मी पार्टीकी पूर्व नेत्री किरण बेदीलाई मुख्यमन्त्रीका रुपमा चुनावमा अघि सारेको छ । तर चुनावअघि गरिएका सर्वेक्षणहरुले भने आप पार्टीका भ्रष्टाचारविरोधी अभियन्ता अरबिन्द केजरीवाल वेदीभन्दा निकै अघि भएको देखाएको छ । केजरीवालले अत्यधिक मतले तत्कालीन मुख्यमन्त्री शीला दीक्षितलाई हराउँदै अघिल्लो चुनाव जितेका थिए । त्यतिबेला आपले सर्वाधिक २८
स्थानमा जितेको थियो । यस क्षेत्रका १ करोड ३० लाख मतदाताका लागि १२ हजार मतदान केन्द्र स्थापना गरिएको थियो । निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ । निर्वाचनका क्रममा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । ५५ हजार प्रहरी र अर्धसैनिक परिचालन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । ७० सिटका लागि भएको निर्वाचनको परिणाम मंगलबारसम्म आउने बताइएको छ । निर्वाचनमा मुख्य प्रत्यासी केजरीवाल र वेदी दुबैले मतदातालाई अनुचित प्रभावमा पारेको आरोप
लगाएका छन् । :-आज तक