आन्दोलनका लागि तयार रहनुस :- प्रचण्डको निर्देशन
Advertise Here Book Now

सिरहा, २५ माघ ।श्रीकान्त झा
एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा एमाओबादी बार्ताका लागि तयार रहेको भएपनि बहुमतिय प्रक्रियामा जाने सम्बन्धमा गरेका गल्ती सच्याएर आए मात्र वार्ता हुने बताएका छन् ।उनले संबिधान आउने ठुलो कुरा नरहेको प्रस्ट पार्दै दलित जनजाती, मधेशी, महिला, मुस्लिम सबै वर्ग र जातका लागि संबिधान आउनु पर्ने बताए ।                        

यस अघि अध्यक्ष दाहालले एमाओबादी कार्यकर्ताहरुका लागि आयोजित प्रशिक्षणमा बोल्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनले एमाले र काँग्रेस पार्टी मिलेर जनआन्दोलन दुई र मधेश आन्दोलनबाट प्राप्त जनादेश विपरित बहुमतको बलमा संबिधान बनाउने सोचका साथ अघि बढिरहेको हुनाले गाउँ गाउँमा गई आन्दोलनका उपलब्धीहरुलाई बचाउन तर्फ आम जनतालाई अग्रसर गराउनु पर्ने कुरामा जोड दिएका थिए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्