Tech,
प्रविधि
»
नेपाल टेलिकमले तीन सय एमबी डाटा निशुल्क प्रदान गर्ने
नेपाल टेलिकमले तीन सय एमबी डाटा निशुल्क प्रदान गर्ने
Advertise Here Book Now
काठमाडौं- नेपाल टेलिकमको ११औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न सेवामा छुट प्रदान गरेको छ। कम्पनीले जिएसएम, स्काई पोष्टपेड र प्रिपेडमा ११ प्रतिशत छुट दिएको छ। छुटअनुसार प्रतिमिनेट पोष्टपेडमा ८९ पैसा र प्रिपेडमा १ रुपैयाँ ३३ पैसा शुल्क लाग्नेछ। त्यस्तै पिएसटिएनमा पनि फागुन महिनाको विलमा ११ प्रतिशत छुट कम्पनीले दिएको छ।त्यस्तै जिएसएम, स्काई फोन पोष्टपेड मोबाइलमा मासिक ३ सय एमबी डाटा माघ २२ देखि फागुन ३० सम्म अवधि रहनेगरी निशुल्क उपलब्ध गराउने भएको छ। त्यस्तै १५ सय १० मा जिएसम स्काइ पोष्टपेडमा खरिदमा फागुन २९ गतेसम्म ३ महिना रहनेगरी १ जिबी डाटा निशुल्क र २ सयमा जिएसएम स्काइ प्रिपेड खरिदमा २ सय जिबी डाटा ३ महिना रहनेगरी निशुल्क कम्पनीले प्रदान गरेको छ। त्यस्तै कम्पनीले वाइम्याक्स सेवामा पनि २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत महिला स्वास्थ्यकर्मीहरुलाई प्रत्येक १० मिनेटको १ रुपैयाँ बोनसलाई निरन्तरता दिएको छ। कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गर्ने प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्