महिला साईकल दौडको उपाधि चौधरीलाई
Advertise Here Book Now




प्रविण टिबडेवाल

रौतहट फाल्गुन ।

तेस्रो महिला साईकल दौड प्रतियोगिता २०७१ को उपाधि सन्तपुरकी अञ्जली चौधरी हात पारेकी छिन् । राजदेवी मिडिया सेन्टर रौतहटले आयोजना गरेको सो जिल्ला स्तरीय प्रतियोगितामा २९ जना सहभागिहरुलाई पछाडि पार्दै चौधरीले सो उपाधि माथी कब्जा गर्न सफल भएकी हुन् ।

बेहद प्रतिसप्रधात्मक साईकल दौडमा ब्रहम्पुरीकी काजल कुमारी सिंह दितिय भएकी छिन् भने सोहि गाविसकी निशा सिंह तृतिय स्थानमाथी कब्जा गर्न सफल भएकी छिन् । ३० जना प्रतियोगिताहरुको सहभागिता रहेको सो अन्तिम चरणको दौडमा तिसै जनाले साईकल उपहार प्राप्त गरेका छन् भने प्रथम,द्धितिय र तृतियले एक एक थान मोबाईल सेट समेत प्राप्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा हजारौँको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो । प्लान नेपाल, जि.वि.स. रौतहट, गौर नगरपालिका, जनता बैंक, सनराईज बैंक, आरडिसि नेपाल, एनआइसि बैंक, प्रभु मनि ट्रान्सफर तथा सोडेक नेपाल लगायतका संघ संस्थाहरुको सहयोगबाट सम्पन्न सो प्रतियोगिताका सहभागिहरु तथा सहयोगीहरुलाई पूर्व प्रधानमन्त्री द्धारा पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरीएको थियो । कार्यक्रम प्रति बन्दै गएको उत्साहलाई ध्यानमा राख्दै आगामि वर्षमा प्रतियोगितालाई निरन्तरता दिने आयोजक संस्थाका अध्यक्ष रामपुकार राउतले   बताए ।

सदरमुकाम गौरको बि.पि. चौकबाट शुरु भएको ६.५ कि.मि. लामो दौढको लागि रुट भरीनै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयम सेवकहरु परिचालन गरीएको थियो भने सहभागिहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै जिल्ला अस्पतालको चिकित्सक सहितको टोली रुटमा परिचालन गरीएको थियो ।

कार्यक्रममा सभाषद रामकुमार भट्टराई, सभाषद बंशीधर मिश्र, सभाषद लालबाबु यादव, प्रहरी उपरिक्षक सानुबाबु थपलिया, सशस्त्र प्रहरी उपरिक्षक बिदुर खण्डका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शिक्षा अधिकारी नागेन्द्र खण्डका, अमर दल गुल्मका गुल्मपति लगायतको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्