३० दलिय मुर्चाको माग सुनुवाई नभए आन्दोलनलाई प्रतिरोध आन्दोलनमा बिकास गर्ने एकिकृत नेकपा माओवादीको स्थाई कमिटि सदस्य गोपाल किरातीले चेतावनी
Advertise Here Book Now



प्राबिधिक बहुमत र राज्य शक्ति हातमा लिएर बसेको एमाले र कांग्रेसद्धारा ३० दलिय मुर्चाको माग  सुनुवाई नभए आन्दोलनलाई प्रतिरोध आन्दोलनमा बिकास गर्ने एकिकृत नेकपा माओवादीको स्थाई कमिटि सदस्य गोपाल किरातीले चेतावनी दिएका छन् । आगामी आन्दोलको तयारी अभियान सहित उदयपुर आईपुगेका किरातीले आईतवार एक पत्रकार सम्मेलनमा सो चेतावनी दिएको हो ।


किरातीले उक्त प्रतिरोध कार्यक्रमको किसिमहरु भने सडकबाटै स्वयत्त जनसरकार घोषणा गर्ने बताएकाछन् । स्वयत्त जनसरकारहरुको संयोजनकारि निकाय र संघीय जनसरकार पनि घोषना गर्ने नेता  किरातीले बताए । ३० दलिय मुर्चाको माग  सुनुवाई नभए सडकबाटै सरकार घोषणा गर्न बादेहुने भन्दै नेता किरातीले भने ।

सम्मेलनमा तपाईको पार्टी अध्यक्षले त १० हजार हतियार सहितको सशस्त्र सेना निर्माण गर्ने भनेको छ नी भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डको बचाउ गर्दै आफ्नो अध्यक्षले त्यसो नभनेर स्वयम सेवक दस्ताको रुपमा निर्माण गर्ने भनेको नेता किरातीले जिकिर पनि गरेकाछन्   

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्