फाइनल खेल राजविराज र कुशहा बिच
Advertise Here Book Now
रोहित कुमार मण्डल
लहान, ३ फागुन । सप्तरीको कुशहामा सुपर म्यान क्रिकेट टिम कुशहा बजारद्धारा संचालीत दोस्रो पचसिल्ड क्रिकेट प्रतियोगितामा सेमीफाईनल चरणको खेलमा आइतबार भएको खेलमा बाजिगर युवा क्रिकेट टिम कुशहा बी ले लहान एमसिसी क्रिकेट टिम लहानलाई १ सय ६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
निर्धाधारित २० ओभरको खेलमा टस जितेर ब्याटिगं रोजेको बाजिगर युवा क्रिकेट टिम कुशहा बी सप्तरीले १९ ओभर १ बलमा अल आउट हुदै १ सय ६९ रनको चुनौति लहान एमसिसी क्रिकेट टिम लहान टिमलाई दिएका थिए । विजयीका लागि १ सय ७० रनको रनको चुनौती लिई मैदानमा उत्रिएका लहान लहान एमसिसी क्रिकेट टिम लहानले ११ ओभर ३ बलमा सम्मपुर्ण विकेट गुमाई ६३ रनमा सिमित भई हार खेप्नु व्यहोरेका छन् ।
आइतबार भएको खेलमा विजयी टिम कुशहा बी का मोहमद मुना प्रवेज म्यान अफ दि म्याचको उपाधि पाएका छन् । प्रवेजले आफनो टिमका लागि ३ विकेट लिएका थिए । म्याच संचालनमा चाँदनी कम्युनिकेशन कुशहाका प्रो. दिनेश चौधरी,आरके किराना पसलका तेजु चौधरी पुरस्कारको समेत व्यवस्था गरेका छन । स्कोरिङ्गमा मनिष चौधरी, राजेश भाषकरले गरिरहेका छन् भने एम्पाइरिङ्ग राजु पासवान र विवेक चौधरीले गरिरहेका छन् । फाइनल खेल मंगलबार राजविराज र कुशहा बी बिच हुने आयोजकले जनाएका छन् ।