एक सयका लागि यसरी कुटिए दलित, श्रीमानको उपचार गराउन श्रीमति ऋण खोज्दै
Advertise Here Book Now

सिरहा, ३ फाल्गुन । एक सय रुपैया नदिएको भन्दै एक दलितमाथि निर्घात कुटपिट भएको छ । लहान नगरपालिका ११ का मगरु सदायलाई स्थानीय विनोद चौधरीले कुटपिट गरेको हो ।

सडकमा घिसार्दै कुटपिट गरेपछि मगरुको दायाँ हात भाँचेको छ । उनको उपचार लहानस्थित सप्तऋषि नर्सिंग होममा भईरहेको छ । तर आर्थिक अभावका कारण उनको उपचार भने प्रभावित बनेको पीडित परिवारले जनाएको छ । मगरु अस्पतालका भर्ना भएका बेला उनका श्रीमति रामतला सदाय ऋण खोज्न धनीहरको घर चहार्दै हिडेकी छन् ।

४० बर्षीय मगरु सुकुम्बासी हुन् । छोराछोरी समेत छैन् । अर्काको घरमा काम गरेर जीवन चलाउँदै आएका मगरु अस्पताल भर्ना भएपछि अहिले खान र पिउन पनि समस्या भएको बुझिएको छ । मगरुका श्रीमति रामतलाले भनिन्- श्रीमानको उपचार गराउँदा गराउँदै घरमा भएको ५ हजार बढी रुपैया खर्च भइसक्यो । अब ऋण खोज्दैछु ।

चौधरीको किराना पसलमा मगरु रु. एक सयको सामान खरिद गरेका थिए । सोही बहानामा चौधरीले रकम किन नदिएको भन्दै मगरुलाई कुटपिट गर्यो । तर कुटपिटको कारण भने अर्कै भएको स्रोतको दावी छ । स्रोतका अनुसार मगरु लगायतका करिब १५ घर सुकुम्बासी छन् । बसोबास गरिरहेको जग्गा एलानी भएपनि चौधरीहरु आफ्नो भएको भन्दै पटक पटक धाकधम्की लगाएर खाली गर्न चेतावनी दिएका छन् र खाली नगरेपछि कुटपिटमा उत्रेका छन् ।              -esiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्