सिरहाको चुरे जंगलबाट ट्याक्टर
Advertise Here Book Now


श्रीकान्त झा । रेडियो सौगात सिरहा । माघ २१
लहान प्रहरी द्धारा सिरहाको साबिक तरेगना गोविन्दपुर गा.वि.स.वडा नं.५ हाल लहान न.पा.वडा नं.१६ स्थित चुरे जंगलबाट अवैध रुपमा चोरी निकासी गरी लगि रहेका काठ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय लहानको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालले दिएको जानकारी  अनुसार अवैध रुपमा चोरी निकासी गरी ईन्जिनमा स.१.त.९६१ र ट्रलीमा स.१.त.२८१५ नं.उल्लेख भएको ट्याक्टरमा लोड गरि लादैँ गरेको साल जातको पुरानो ८ फिट लम्बाई भएको १ थान र ७ फिट लम्बाई भएको १ थान अं.२५ कि.वि.फिट बराबरको काठ फेला पारीको हो ।
यता पक्राउ परेका अवैध काठ आवश्यक कारवाीको लागी जिल्ला वन कार्यालय सिराहामा बुझाईएको प्रहरी नायव उपरिक्षक फुयालले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्