एयरपोर्टबाट उडेको जहाज सडक र पुल भत्काउँदै नदीमा खसेपछि (भिडियो सहित)
Advertise Here Book Now
ताईपेईस्थित विमानस्थलबाट उडेको जहाज उचाई लिन नपाउँदै किलुङ नदीमा खसेर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त जहाज आन्तरिक उडानमा प्रयोग हुने फ्रान्सेली–इटालीयन कम्पनीले बनाएको एटीआर ७२–६०० डबल इन्जिन भएको हो ।
५८ जना यात्रु बोकेर उडेको ट्रान्स एसियाको सो जहाज दुर्घटनामा २ जना बालबालिकासहित ९ जनाले ज्यान गुमाएका छन् । जहाज नदीमा खस्नु भन्दा अघि फिल्मी शैलीमा सडक र पुल भत्काउँदै अघि बढेको थियो भने जहाज दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन । फोटो: एजेन्सी