यसरी बालबालिकालाई घण्टौं उभ्याए (फोटो फिचर)
Advertise Here Book Now

सिरहा, १९ माघ : आईतवार दिउँसो ३ बजेको थियो । सडकको दुवैतिर विद्यार्थीहरुको लाइन । अन्दाजी ५ सय विद्यार्थी सहभागी । सुरुमा लाग्यो विद्यालयमा विद्यार्थीहरुलाई उभ्याएर प्रार्थना गराउँदैछन् । तर होइन्, उनीहरुलाई त शिक्षामन्त्री चित्रलेखा यादबको स्वगतका लागि उभ्याएको थियो ।


प्रसंग हो सिरहाको धनगढी गाविसमा पर्ने सोनापुरमा आयोजित नेपाल शिक्षक संघको पूर्वाञ्चल क्षेत्रीय भेलाको । भेलाको उद्घाटन गर्न विहान ११ बजे शिक्षामन्त्री चित्रलेखा आउने कार्यक्रम तय भएको थिया । तर मन्त्री यादब सप्तरीस्थित एक कार्यक्रममा सहभागी हुन पुगेपछि यहाँ आउन अति नै ढिलो भयो । ४ बजेर १० मिनेटमा मन्त्री यादबले जिल्ला शिक्षा कार्यालय सिरहाको गाडीको हुँइकिएर आइन् । त्यतिबेलासम्म विद्यार्थीहरु हात जोडेर उभेका थिए ।


स्वागतका लागि उभिने विद्यार्थीहरु धनगढीस्थित सगरमाथा प्रज्ञापीठ सोनापुरकै थिए । अधिकांश ८ देखि १० बर्ष उमेरका छात्रछात्रा मन्त्री यादबलाई स्वागत गर्न सडकमा पाने तीन बजेदेखि उभेको देखियो । लाइनको अगाडी पञ्चकन्या पनि प्रतिक्षामा थिइन् । धेरै बेरसम्म उभेर मन्त्री यादबको बाटो पर्खेर पनि अति ढिलो भएपछि कतिपय बालबालिकाहरु पटक पटक बस्ने गरेका थिए । तर बस्ने वित्तिकै शिक्षकहरु आएर लाइनमा उभ्न कराउन थाल्थे ।


कार्यक्रम ढिलो भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी मो। अब्दुल कलाम खाँ, प्रहरी प्रमुख एसपी रामकृपाल साह र सञ्चारकर्मीहर पनि कार्यक्रमबाट फर्केका थिए । सिरहाका शिक्षा अधिकारी त झन मन्त्रीसँगै गाडीमा चढेको कार्यक्रममा पुगेको देखियो । 


स्रोतका अनुसार कार्यक्रम भएको सगरमाथा प्रज्ञा पीठ (स्कूल) दर्ता छैन् । हजारौं विद्यार्थी रहेका उक्त विद्यालय कर छलिरहेको छ । सोही स्कूलमा एसपी, सिडिओ, शिक्षा अधिकारी मात्र होइन्, शिक्षामन्त्री स्वयंम उपस्थिति भयो । तर उक्त स्कूल अवैध तरिकाले संचालित रहेको तर्फ कसैको ध्यान पुगेन् । 


नेपाल शिक्षक संघको पूर्वाञ्चल क्षेत्रिय भेला आज सकिदैछ । संघसँग आवद्ध शिक्षक प्रअ रहेका जिल्लाका अधिकांश विद्यालय हिजो बन्द बन्द रह्यो । शिक्षकहरु भेलामा सहभागी हुन पुगेपछि विद्यालयहरु बन्द भएको बुझिएको छ । आज पनि जिल्लाका अधिकांश विद्यालय बन्द रह्ने स्रोतको दावी छ ।

 -ई-सिरहा

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्