रामसपाको नगर समितिको बैठक सम्पन्न, आन्दोलमा सम्पूर्ण शक्ति परिचालन गर्ने
Advertise Here Book Now
वीरगंज २५ माघ,
राष्ट्रिय मधेस समाजवादी पार्टी नगर कार्य समिति वीरगंजको पार्टी कार्यालय आदर्शनगरमा नगर कमिटिको बैठक सम्पन्न भएको छ । बैठकमा कार्यकर्तालाई मार्ग निर्देशन तथा सांगठनिक शुद्धिकरणको सिलसिलामा जिल्ला अध्यक्ष प्रेमबाबु पटेलले बैठकमा बिगतका दिनहरुमा ३० दलिय मोर्चाको आन्दोलनमा सक्रिय सहभागिता निर्वाह गरेकोमा जिल्ला तथा नगरका सम्पुर्ण पदाधिकारीहरु एवं अगुवा कार्यकताहरुलाई बधाई ज्ञापन गर्दै अगामाी दिनमा हुने आन्दोलनमा राष्ट्रिय मधेस समाजवादी पार्टीले आफनो सम्पुर्ण शक्तिहरु परिचालन गर्ने बताउनु भयो । सहमतीमा संबिधान जारी गर्ने बातावरण सरकारले नबनाए तथा सभामुखले ल्याएको प्रश्नावली समिती खारेज नगरे सम्म आन्दोलन नरोकिने बताउदै अध्यक्ष पटेलले ३० दलिय मोर्चाको निर्णय अनुसार आगामी माघ २९ गते कालोपटी बाधने, फागुन २ गते ३० दलिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेकोले यी कार्यक्रमहरुमा आफनो पार्टीको सक्रिय सहिभागीता गराउने बताउनु भयो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका नगर सभापति राजुदिन बाबुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठन विभाग प्रमुख प्रदिप सिंह ठकुरी, पार्टीका दलित नेता संतोष नेपाली, नगर सदस्य रचना अधिकारी, संजय श्रेष्ठ, इन्द्र मानन्धर, सरिता उपाध्याय, वकिल हवारी, महिला सदस्य चम्पा देवी लगायतको सक्रिय सहभागिता रहेको थियो ।