लाखौ मोल बराबरको अबैध समान बरामद ।
Advertise Here Book Now



राम नारायण पंडित, सिरहा, २५ माघ ।

सिरहा प्रहरीले बिभिन्न मितिमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको समानहरु बरामद गरेका छन । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाको विशेष टोलिले शनिबार अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको ईलेक्ट्रोनिक्स तथा किराना सामानहरु बरामद गरेका छन । बरामद गरिएको समानहरुको मोल करीब ४५ हजार ९ सय ८० रहेको छ । त्यस्तै आइतबार सशस्त्र प्रहरी बल माडरले अन्दाजि ७० हजार ५ सय मोल बराबरको किराना, ईलेक्ट्रोनिक्स, मोटरपार्टस, लत्ता कपडा लगायतका सामानहरु बरामद गरेका छन । त्यस्तै आजै सशस्त्र प्रहरी बल नवराजपुरले अन्दाजि २० हजार मोल बराबरको लत्ताकपडा बरामद गरेका छन । बरामद गरिएका समानहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी निरीक्षक रिवाज दाहालले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्