नवविवाहिता महिलाद्धारा आत्महत्या ।
Advertise Here Book Now


   राम नारायण पंडित, सिरहा,२६ माघ ।
 सिरहा जिल्लामा हालै घोषित गोलबजार नगरपालिका चोहर्बामा सोमबार एक नबबिबाहिता महिलाले शरिरमा आगो लगाई आत्महत्या गरेकी छिन । गोलबजार नगरपालिका ८ पुरानो चौक चोहर्बामा सोमबार बिहान करीब १० बजे एक जना महिलाले आत्महत्या गरेकी छिन । घरायसी बिबादका कारण स्थानिय सिताराम सहनीको १८ बर्षीय श्रीमति सरिता सहनीले आफ्नै जिउमा मट्टीतेल छर्की आगो लगाई आत्महत्या गरेकी स्थानियहरुले बताए । करीब २ महिना पहिला मात्र सितारामसंग बैबाहिक बंधनमा बाँधिएकी सरिता श्रीमानसंग झै–झगडाका कारण आत्महत्या गरेकी हुन सक्ने बताईएको छ । राजा भन्ने आफ्नै देबर राजाराम सहनीसंग सरिताको अनैतिक सम्बन्ध रहेको बिषयमा गाँउमा पटक पटक छलफल गरि सम्झाई बुझाई गरेपनि उनीहरु आफ्नो चालचलनमा सुधार गर्न सकेको थिएन । जसको कारणले घरमा दिनहु झै–झगडा हुँदै आएकोले सरिता तानब सहन नसकेर आत्महत्या गरेकी हुन सक्ने बुझिएको छ । सरिता आत्महत्या गरे लगत्तै आफन्तहरु फरार भएका छन । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी धटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छन भने फरार रहेका आफन्तहरुलाई खोजी तिब्र बनाएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्