उपभोक्ताले धाराको पानी खान छोडे
Advertise Here Book Now

Map of morang nepal
२८ माघ,पथरी (मोरङ)
धाराको पानीमा कोलिफर्म नामक जीवाणु भेटिएपछि नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गर्दैआएको पानी उपभोक्ताले पिउन छोडेका छन् । पाइप दुलो पर्ने, पानी चुहावट हुने र ढलबाट फोहर मिसिने समस्याबाट खानेपानी प्रदूषित भएको पनि परीक्षण गर्दा कोलिफर्म देखिएकाले उपभोक्ताले खानेपानी पिउन छोडेका हुन् । विराटनगरका १, २, ३, ४, ७, १३, १४, १५, १६ नम्बर वडामा रहेका स्कुल, क्याम्पसका साथै अन्य उपभोक्ताले चापाकलको पानी प्रयोग गर्दै आएका छन् । निर्धक्क भएर पानी खान अझै पनि नसकेको उपभोक्तामञ्च मोरङका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ ।
संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले संस्थानद्वारा वितरीत पानीमा सुधार आइसकेको भए पनि पानी उमालेर मात्र प्रयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले पाइप दुलो पर्ने र पानी चुहावट हुने तथा ढलबाट फोहर मिसिन जाने समस्याबाट संस्थान गुज्रिरहेको बताउनुभयो ।
आजभन्दा ३० वर्षअघिका पुराना पाइप जीर्ण भएकाले पाइप नफेरिकन समस्या समाधान नहुने प्रमुख रौनियारको भनाइ छ । रासस 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्