सिरहाको औरहीबाट गाँजासहित एक पक्राउ
Advertise Here Book Now

औरहि ८ स्थित गागन खोलाको किनारमा प्रहरी चौकी औरहिबाट खटिएको गस्ति टोलिले धनगढी ६ का ५० बर्षिय भजन यादबको साथबाट ३.५ केजी गाँजा बरामद गरेको हो । प्रहरीले यादबलाई उक्त गाँजा प्लास्टिकको बोरामा राखी भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका यादबमाथि विशेष अनुसन्धान भईरहेको प्रहरी चौकी औरहीले जनाएको छ ।