मोटरसाइकल बसमा ठोकिदा सिरहामा चार यूवाको घटना स्थलमै मृत्यू
Advertise Here Book Now

सिरहा, २१ चैत । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान पुलमा मोटरसाइकलले एक रात्री बसमा ठोकिदा चार यूवाको घटनास्थलमै ज्यान गएको छ ।

ना. ५ ख. ४९७३ नम्बरको चिनारी यातायात बसमा स. ४ प. ९६८९ नम्बरको मोटरसाइकलले विपरित दिशामा गएर ठोकिएपछि दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी दौलतपुर १ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतोको ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । ज्यान गुमाएका चारै जना मदिरा र गाँजा सेवन गरेको प्रहरीको अनुमान छ । उनीहरुको साथबाट गाँजा खाने चिलम, पराग, चुरोट, केही नगद रकम पनि बरामद भएको छ । नशामा मातेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्