मोटरसाइकल र ट्रयाक्टर ठोकिँदा ३ घाईते, एकको अवस्था गम्भिर
Advertise Here Book Now




ऑनलाइन सिरहा डट कम / राम नारायण पंडित, सिरहा, २१ चैत्र ।

सिरहामा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोकिँदा ३ जना घाईते

भएका छन । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । ईलाका प्रहरी

कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिवडाले दिएको जानकारी अनुसार

शनिबार साझ मिर्चैया नगरपालिकामा  रहेको मारुती सिमेन्ट कारखाना

अगाडि पुर्बबाट पश्चिम् गइरहेको ज १ त २२६१ नम्बरको

ट्रयाक्टरको पछाडीबाट सोही दिशाबाट आएको स १ त २९९९ नम्बरको

मोटरसाइकलले ठक्कर खाँदा मोटरसाइकलमा सवार रहेका ३ जना घाइते

भएका छन् । घाइते हुनेहरु मिर्चैया नगरपालिका सितापुरको रहेको प्रहरीले

जनाएको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन । यता, चालक सहित

ट्रयाक्टर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक

खतिबडाले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्