जर्मनी र फ्रान्स पुगेर मोदीले भनेः बुद्ध जन्मेको देश भारत
Advertise Here Book Now

 २०७२ बैशाख २ गते
Modi Delivers Remarks on NTC Handover
भगवान बुद्धको जन्मभूमी भएपनि नेपालले विश्व समुदायलाई अझै पनि बुद्धको भूमि नेपाल हो भनेर प्रष्ट्याउन सकेको छैन। विश्वका धेरै मुलुकका नागरिकलाई बुद्ध भारतीय हुन् भन्ने थाहा छ किन भने संसारका धेरै पाठ्य पुस्तकमा यही लेखिएको छ।
केही समय अघि नेपाल आउँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोले र प्रष्ट शब्दमा भने बुद्ध नेपालमै जन्मेका हुन्। नेपालको संसदलाई संवोधन गर्दै मोदीले बुद्ध नेपालमा जन्मेको भन्दा त्यहाँ रहेका प्रधानमन्त्री सहित सबै बरिष्ठ ब्यक्तित्वले ताली पिटे। मोदीले बारम्बार नेपाल बुद्धको देश भनेर प्रशंसा गरेका थिए।
 तर भारत फर्किए लगत्तै मोदीको बोली फेरियो । उनले जापान पुगेर भने भारत भगवान बुद्धको देश हो । त्यतिबेला पनि नेपाली मिडियामा केही तरंग आएका थिए । अव फेरी मोदीले जर्मनी र फ्रान्समा पुगेर पनि त्यही कुरा दोहोर्‍याएका छन् ।@nepaliheadlines

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्